logo

राजस्व छल्नेमा कोकाकोला अग्रस्थानमा,७ अर्ब ४३ करोड ६३ लाख असुल्न मागदावी सहित मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०७९ पौष १६ गते ०९: २३ मा प्रकाशित     473   पटक पढिएको

सन् २०२२ मा राजस्व अनुसन्धान विभागले यो वर्ष सबैभन्दा धेरै राजस्व चुवाहट गरेको भन्दै कोकाकोलाको आधिकारिक बिक्रेता बोटलर्स नेपाल लिमिटेड विरुद्ध राजस्व चुहावट गरेको मुद्दा गत वर्ष फाल्गुन २७ गते दर्ता गराएको थियो ।

विभागकाअनुसार कुल ३ अर्ब ७१ करोड ८९ लाख ५० हजार ४११ हजार रुपैयाँको राजस्व छुहावट पुष्टि भएसँगैको मुद्दा दर्ता गरिएको छ । विभागले कुल विगोको शतप्रतिशत जरिवानासहित ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँको असुल्न गर्न अदालतमा मुद्दा दर्ता गराएको थियो ।

‘अफसोर इन्डाइरेक्ट ट्रान्जेक्सन’मार्फत बोटलर्स नेपाल लिमिटेडको निहित सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुवाहट गरेको विभागले जनाएको छ ।

राजस्व चुहावट गरेको पुष्टि भएसँगै बोटलर्स नेपाल लिमिटेडमा सेयरहोल्डर रहेको संयुक्त अरब इमिरेट्सको दुबई स्थित कम्पनी कोकाकोला साउथवेस्ट होल्डिङ लिमिडेटको तर्फबाट प्रतिनिध्वि गर्ने बोर्डका सदस्यहरुविरुद्ध विभागले मुद्दा दायर गरेको थियो ।

उक्त कम्पनीका अध्यक्षसहित ८ जना निर्देशकविरुद्ध मुद्दा दायर गरिएको थियो । जसमा कम्पनीका अध्यक्ष शुक्ला वासन र निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन घोनेइम, गौरव खोस्ला, सुदिप बजोरिया, देवब्रत मुखर्जी, सुमन्ता दत्त, जवाहर सोलाई कुप्पुस्वामी र संकेत राय रहेका छन् ।

त्यस्तै, नेपालस्थित कोकाकोलाको आधिकारिक विक्रेता रहेको बोटलर्स नेपालका कार्यकारी निर्देशकहरु प्रदीप पाण्डे, पुनित चन्द्रपाल भास्र्ने, आर्थिक प्रबन्धकहरु राजिव टण्डन, भरतबाबु दहाल, सुमित गोयाल, आर्थिक नियन्त्रक अशोक कुमार मण्डल, बोर्ड निर्देशक त्रिलोचन उप्रेती र चाटर्ड एकाउन्टेट संजिव कुमार मिश्रविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.