logo

राजस्व छल्नेमा कोकाकोला अग्रस्थानमा,७ अर्ब ४३ करोड ६३ लाख असुल्न मागदावी सहित मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०७९ पौष १६ गते ०९: २३ मा प्रकाशित     626   पटक पढिएको

सन् २०२२ मा राजस्व अनुसन्धान विभागले यो वर्ष सबैभन्दा धेरै राजस्व चुवाहट गरेको भन्दै कोकाकोलाको आधिकारिक बिक्रेता बोटलर्स नेपाल लिमिटेड विरुद्ध राजस्व चुहावट गरेको मुद्दा गत वर्ष फाल्गुन २७ गते दर्ता गराएको थियो ।

विभागकाअनुसार कुल ३ अर्ब ७१ करोड ८९ लाख ५० हजार ४११ हजार रुपैयाँको राजस्व छुहावट पुष्टि भएसँगैको मुद्दा दर्ता गरिएको छ । विभागले कुल विगोको शतप्रतिशत जरिवानासहित ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँको असुल्न गर्न अदालतमा मुद्दा दर्ता गराएको थियो ।

‘अफसोर इन्डाइरेक्ट ट्रान्जेक्सन’मार्फत बोटलर्स नेपाल लिमिटेडको निहित सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुवाहट गरेको विभागले जनाएको छ ।

राजस्व चुहावट गरेको पुष्टि भएसँगै बोटलर्स नेपाल लिमिटेडमा सेयरहोल्डर रहेको संयुक्त अरब इमिरेट्सको दुबई स्थित कम्पनी कोकाकोला साउथवेस्ट होल्डिङ लिमिडेटको तर्फबाट प्रतिनिध्वि गर्ने बोर्डका सदस्यहरुविरुद्ध विभागले मुद्दा दायर गरेको थियो ।

उक्त कम्पनीका अध्यक्षसहित ८ जना निर्देशकविरुद्ध मुद्दा दायर गरिएको थियो । जसमा कम्पनीका अध्यक्ष शुक्ला वासन र निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन घोनेइम, गौरव खोस्ला, सुदिप बजोरिया, देवब्रत मुखर्जी, सुमन्ता दत्त, जवाहर सोलाई कुप्पुस्वामी र संकेत राय रहेका छन् ।

त्यस्तै, नेपालस्थित कोकाकोलाको आधिकारिक विक्रेता रहेको बोटलर्स नेपालका कार्यकारी निर्देशकहरु प्रदीप पाण्डे, पुनित चन्द्रपाल भास्र्ने, आर्थिक प्रबन्धकहरु राजिव टण्डन, भरतबाबु दहाल, सुमित गोयाल, आर्थिक नियन्त्रक अशोक कुमार मण्डल, बोर्ड निर्देशक त्रिलोचन उप्रेती र चाटर्ड एकाउन्टेट संजिव कुमार मिश्रविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.