logo

चितवन महोत्सवको गृहमन्त्री लामिछानेद्वारा अवलोकन,पाँच लाखले अवलोकन गर्ने २५ करोडको कारोवारको अपेक्षा

      २०७९ पौष २८ गते ०९: १८ मा प्रकाशित     548   पटक पढिएको

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन् ।

 

आज दिउँसो महोत्सवस्थल पुगेका लामिछानेले नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल’ एक्स्पोसँगै महोत्सवको कृषि प्रदर्शनी अवलोकन गरेका हुन् ।


गृहमन्त्री लामिछानेले महोत्सव अवलोकनपछि सम्बोधन गर्दै युवा उद्यमीहरुको साथमा सधैँ आफू रहेको बताएका छन् । उनले केही नयाँ गर्न खोज्ने युवाहरुलाई आफूले गर्ने कामको प्रपोजल बनाएर गृहमन्त्रालयमा सम्पर्क राख्न आग्रह समेत गरे ।

 

युवाहरु विदेश पठाएर नभइ स्वदेशमा नै स्वरोजगार बनाएर देशको विकास हुने भन्दै यो सरकार नवप्रवद्र्धनमा प्रतिबद्ध भएको लामिछानेको भनाइ छ ।


आफूले आफ्नो राजनीतिक जीवनभर नेपालमा नै उत्पादन भएका लुगा लगाउने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले नेपाली हुनुमा गौरव भएको बताए । नेपाली उद्यमीहरुलाई सबैले स्वागत र सम्मान गरेको अवस्थामा मात्रै देशमा आर्थिक क्रान्ति आउने लामिछानेको भनाइ छ ।

सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सवका मूल संयोजक चुननारायण श्रेष्ठले स्वेदशमा नै लगानी गर्ने वातावरण तयार गर्न र लगानी सुरक्षित हुने अवस्थाको सिर्जना गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु


१४औँ संस्करणको चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ ।

 

प्रतियोगितामा विभिन्न जिल्लाका लोक तथा दोहोरी कलाकारहरुले भाग लिएको सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा माघ १ गते हुने प्रधानको भनाइ छ ।


आजको सांस्कृतिक कार्यक्रम तथा दोहोरी प्रतियोगितामा अतिथि कलाकारको रुपमा लोक तथा दोहोरी गायक अमर बिरही गुरुङ र गायिका राधिका हमाल सहभागी भएको प्रधानले बताए । त्यसैगरी, सांस्कृतिक कार्यक्रम अन्तर्गत नै नारायणी कला मन्दिर, आस्था कला केन्द्र, नेपाल तामाङ घुदुङ, थारु कल्याणकारिणी सभा, तमु विद्यार्थी छोँज धीं, नेपाल पुन समाजलगायतको प्रस्तुती रहेको थियो । बिहीबार नै कलाकारहरु सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगेन्दर पान वाला) ले हाँस्य प्रहसनको गरेका प्रधानले बताए ।

महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ ।


महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए ।


दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.