logo

प्रदेश नम्बर २ को नीति तथा कार्यक्रममा नारै नारा

      6/7/2020 गते 00 00 मा प्रकाशित     1389   पटक पढिएको

प्रदेश नम्बर २ ले आईतबार महत्वकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कार्यक्रम नै कार्यक्रम रहेको छ । केही पूराना कार्यक्रमलाई निरन्तरता दिईएको छ । केही नयाँ कार्यक्रमहरु पनि ल्याएको छ ।

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र युवालाई बढी केन्द्रीत गरेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ५० हजार युवाहरुलाई रोजागरी दिईने, अनौपचारिक क्षेत्रका मजदुर लक्षित कार्यक्रम, मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम बेटी बढाऊ बेटी बचाऊ लगायतका कार्यक्रम ल्याएको छ ।

प्रदेश नम्बर २ का १३६ वटा स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने, कोभिड–१९ बाट प्रभावितहरुलाई युवा स्वरोजगार उद्यम विकास प्रदेश आयोजना बैंक स्थापना गर्ने कार्यक्रम ल्याएको छ । स्वास्थ्य नीति अनुसार जनकपुरमा ५०० शैयाको प्रादेशिक अस्तपताल, बारा र महत्तोरीमा २०० शैयाको अस्पताल निर्माण गर्ने नीति लिएको छ ।

प्रदेशका हलखोर, डोम, मुसहर र मेस्तरलाई प्रति महिना ५ हजार जिविकोपार्जनका लागि प्रदान गरिने, दलित छात्रवृत्ति र दलित रासनकार्डलाई कार्यान्वयनमा ल्याईने जनाएको छ । प्रदेश विकास बैंकको अवधारणा, आठवटै जिल्लामा घरघरमा खानेपानी पुर्याउने, पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेण्टर बनाउने, पर्सादेखि सप्तरीसम्म २५० किलो मिटर मधेसी शहिद राजमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने,

प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा प्रदेश अतिथि गृह निर्माण गर्ने, जनकपुर रेलवेसँग जोडिने सुक्खा बन्दरगाह निर्माणका लागि अध्ययन गरिने, पशुपालनबाट एक परिवार एक दिनको एकहजार आम्दानी गर्ने कार्यक्रम संचालन गरिने, बारा माछा व्यावसायलाई ब्राण्डिङ गर्ने, भूमि स्वामित्व समस्या समाधान आयोग, छात्रा शिक्षा छात्रवृत्ति र मुख्यमन्त्री स्वच्छता अभियानलाई पनि निरन्तरता दिईने भएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नारै नारा रहेकोले यसको कार्यान्वयनमा आशंका गरिएको छ । विगतमा ल्याएका कार्यक्रमहरु मध्य छोरी शिक्षा वीमा कार्यक्रम बाहेक अन्य अन्य कार्यक्रम खासै प्रभावकारी हुन सकेको छैन । यसअघिको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत धार्मिक स्थल तथा पोखरी तलाउमा सामान्य सरसफाई बाहेक प्रदेशका नागरिक तहमा सरसफाईको कार्यक्रम खासै पुग्न सकेको छैन । यसपटक ल्याईएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनमाम नै निर्भर पर्ने देखिएको छ ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.