वीरगन्ज महानगरपालिकाको कोरोना कोषमा आज पनि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले परीक्षणको आवश्यकता देखिएपछि पीसीआर मेशिन खरिद गर्न आवश्यक रकमको लागि कोषमा सहयोगको लागि आह्वान गरेको छ ।
आज शुक्रबार नेबिल बैंक लिमिटेडले ३ लाख, सिद्धार्थ बैंकले १ लाख, नेपाल एसविआई बैंक लिमिटेडले ५१ हजार, प्राईम बैंक लिमिटेडले १ लाख, सनराईज बैंकले १ लाख, लक्ष्मी बैंकले ५१ हजार, सहयोग गरेको छ ।
त्यस्तै सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले २१ हजार, अनलाइन खबरको साम्बाददाता सुरेश बिडारीले ५ हजार सहयोग गरेको छ । दाताहरु सबैले वीरगन्ज महानगरपालिका कार्यालयमा गएर मेयर विजय कुमार सरावगीलाई चेक तथा नगद हस्तान्तरण गरेका छन् ।
तपाईको प्रतिक्रिया