logo

खना महोत्सवको उद्धघाटन,आउने बैशाखमा नगरवासीलाई हेर्न लायक वीरगंज दिने प्रमुख सिंहको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०७९ फागुन १२ गते ०८: ०८ मा प्रकाशित     783   पटक पढिएको

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आउने बैशाखमा वीरगंजवासीलाई हेर्न लायक वीरगंज दिने प्रतिवद्धता जनाएका छन ।

 

महानगरकै मुख्य सहयोगमा आयोजना गरिएकोे  रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको उद्धघाटन गर्दै प्रमुख सिंहले वीरगंजमा घुम्न लायक १० भन्दा बढी स्थान बैशाखामा नागरिकलाई दिने बताएका हुन ।

 

उनले वीरगंजको बिकासमा हरसम्भव काम गर्ने बताउदै नागरिकलाई राम्रो काममा सहयोग र नराम्रो काममा खवरदारी गर्न समेत अपिल गरे ।

No description available.

वीरगंजको सरसफाईको चर्चा गर्दै सिंहले सीमरा कटेर माथि लागेपछि सरसफाई प्रति सचेत हुने हामीहरु जीतपुरबाट वीरगंज तर्फ आउन थालेपछि चेतनाशुन्य हुदै फोहर गर्नेमा परिणतमा हुने गरेको टिप्पणी गरे । उनले सरसफाईमा हामीमा भएको चेतनाका आधारमा राम्रो शुरुवात आफैले गर्नु पर्ने बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले खाना महोत्सवले बिद्यार्थीमा उद्यमशिलताको ब्यवहारिक ज्ञान प्रवाह हुने बताए ।

No description available.

उनले खाना महोत्सवमा सहभागि बिद्यार्थीहरुमा श्रमलाई सम्मान गर्ने राम्रो परम्पराको शुरुवात हुने बताउदै आत्म निर्भर हुनकालागि कामलाई सम्मान गर्ने वतावरण बनाउन महोत्सवले सन्देश दिएको बताए ।

 

कार्यक्रममा मधेश बिश्व बिद्यालयका उपकुलपती प्रा.डा.दीपक शाक्य, सामाजिक अभियान्ता प्रकाश थारु , पर्साका प्रमुख जिल्ला अधिकारी हिरलाल रेग्मी लगायतले महोत्सवको बारेमा चर्चा गरेका थिए ।

No description available.

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजन तथा वीरगन्ज कलेजले आयोजना गरेको मेलामा २१ वटा विभिन्न खानाका परिकारको स्टल रहेको वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले जानकारी दिए । 

 

कलेजका विद्यार्थीलाई सिक्दै जाऔं र कमाउदै जाऔं भन्ने अवधारणाका साथ व्यापार व्यावसाय गर्ने र कमाउने तरिकाको सिकाउने मेलाको मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष डाक्टर चौधरीले बताए ।

No description available.

मेलामा कलेजका विद्यार्थी आफैले खानाका परिकार बनाउने र विक्री गर्ने एवम् खानाबाट कमाईएको रकम विद्यार्थी स्वयम्ले राख्ने बताईएको छ ।

No description available.

मेला आज र भोली राति १० बजेसम्म लाग्ने आयोजकले जनाएको छ । कार्यक्रममा कलेजका प्रमुख बिनोद गुप्ताले स्वागत मन्तब्य गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी उज्वल घिमिरेले गरेका थिए ।

 No description available.

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.