logo

खना महोत्सवको उद्धघाटन,आउने बैशाखमा नगरवासीलाई हेर्न लायक वीरगंज दिने प्रमुख सिंहको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०७९ फागुन १२ गते ०८: ०८ मा प्रकाशित     720   पटक पढिएको

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आउने बैशाखमा वीरगंजवासीलाई हेर्न लायक वीरगंज दिने प्रतिवद्धता जनाएका छन ।

 

महानगरकै मुख्य सहयोगमा आयोजना गरिएकोे  रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको उद्धघाटन गर्दै प्रमुख सिंहले वीरगंजमा घुम्न लायक १० भन्दा बढी स्थान बैशाखामा नागरिकलाई दिने बताएका हुन ।

 

उनले वीरगंजको बिकासमा हरसम्भव काम गर्ने बताउदै नागरिकलाई राम्रो काममा सहयोग र नराम्रो काममा खवरदारी गर्न समेत अपिल गरे ।

No description available.

वीरगंजको सरसफाईको चर्चा गर्दै सिंहले सीमरा कटेर माथि लागेपछि सरसफाई प्रति सचेत हुने हामीहरु जीतपुरबाट वीरगंज तर्फ आउन थालेपछि चेतनाशुन्य हुदै फोहर गर्नेमा परिणतमा हुने गरेको टिप्पणी गरे । उनले सरसफाईमा हामीमा भएको चेतनाका आधारमा राम्रो शुरुवात आफैले गर्नु पर्ने बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले खाना महोत्सवले बिद्यार्थीमा उद्यमशिलताको ब्यवहारिक ज्ञान प्रवाह हुने बताए ।

No description available.

उनले खाना महोत्सवमा सहभागि बिद्यार्थीहरुमा श्रमलाई सम्मान गर्ने राम्रो परम्पराको शुरुवात हुने बताउदै आत्म निर्भर हुनकालागि कामलाई सम्मान गर्ने वतावरण बनाउन महोत्सवले सन्देश दिएको बताए ।

 

कार्यक्रममा मधेश बिश्व बिद्यालयका उपकुलपती प्रा.डा.दीपक शाक्य, सामाजिक अभियान्ता प्रकाश थारु , पर्साका प्रमुख जिल्ला अधिकारी हिरलाल रेग्मी लगायतले महोत्सवको बारेमा चर्चा गरेका थिए ।

No description available.

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजन तथा वीरगन्ज कलेजले आयोजना गरेको मेलामा २१ वटा विभिन्न खानाका परिकारको स्टल रहेको वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले जानकारी दिए । 

 

कलेजका विद्यार्थीलाई सिक्दै जाऔं र कमाउदै जाऔं भन्ने अवधारणाका साथ व्यापार व्यावसाय गर्ने र कमाउने तरिकाको सिकाउने मेलाको मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष डाक्टर चौधरीले बताए ।

No description available.

मेलामा कलेजका विद्यार्थी आफैले खानाका परिकार बनाउने र विक्री गर्ने एवम् खानाबाट कमाईएको रकम विद्यार्थी स्वयम्ले राख्ने बताईएको छ ।

No description available.

मेला आज र भोली राति १० बजेसम्म लाग्ने आयोजकले जनाएको छ । कार्यक्रममा कलेजका प्रमुख बिनोद गुप्ताले स्वागत मन्तब्य गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी उज्वल घिमिरेले गरेका थिए ।

 No description available.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.