कोरोना भाइरस परीक्षणका पीसीआर मेशिन खरिद, भीटीएम, रीएजेण्ट किट तथा अस्पताल व्यावस्थापनका लागि वीरगन्ज महानगरपालिकाले सहयोगको अपिल गरे अनुसार वीरगन्जमा सेवा दिईरहेका एभरेष्ट बैंक लिमिटेड र कर्पोरेट डेभेलपमेण्ट बैंकले बुधबार रकम हस्तान्तरण गरेका छन् ।
बैंकका प्रतिनिधिहरुले महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई कार्यकक्षमै भेटेर एभरेष्ट बैंकको तर्फबाट १ लाख पाँच हजार र कर्पोरेट डेभलपमेण्ट बैंकको तर्फबाट २ लाख नगदको चेक हस्तान्तरण गरेका छन् । स्थानीय तहबाट आफैले पीसीआर मेशिन खरिद गरेर कोरोना परीक्षण गरेको नेपालकै पहिलो एक मात्र महानगरपालिका वीरगन्ज हो ।
अहिले महानगरपालिकाले ५० वेडको कोभिड अस्थायी विशेष अस्पताल संचालन गरिरहेको छ । भने, २०० वेडको छुट्टै आईलोलेशन समेत तयारी गरेर राखेको छ । पीसीआर मेशिन जडान भई परीक्षण पनि शुरु भएको र पर्सामा एक घर एक पीसीआर टेष्टको अभियान शुरु गरेर ५० हजार भन्दा बढीको पीसीआर परिक्षण गरिने पनि महानगरपालिकाका प्रमुख सरावगीले बताउनुभयो ।
अहिलेसम्म महानगरपालिकाको कोरोना कोषमा बुधबार सम्ममा २ करोड १५ लाख ७३ हजार रुपैंया जम्मा भईसकेको महानगरपालिकाका अधिकृत विकास मिश्रले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया