logo

बिल भन्दा बढी समान लोड गरिएको ट्रत्र पक्राउ कारवाहीकालागि राजस्वमा बुझाइयो

 इसीमाना सम्वाददाता     २०८० जेठ ३ गते ०५: ४७ मा प्रकाशित     221   पटक पढिएको

वीरगंज । प्रहरीले बिल बिजक भन्दा बढीको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पक्राउ गरेको छ । 

 


वीरगञ्जबाट रौतहटतर्फ गईरहेको अवस्थामा बिल विजक भन्दा बढी हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू बोकेको ट्रक प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीलेबुधवार बिहना करिब ५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित बाईपास सडकखण्डबाट ना ८ ख ३५८४ नम्बरको मालवाहक ट्रक चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

 

नारायणी ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई हेर्दा ३१ लाख ८९ हजार ९ सय ३६ बराबरको हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू फेला पारीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिीले जानकारी दिए ।

 

समान सहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको गिरीले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.