logo

गोल्छाले आयात गर्ने गाडीमा अनधिकृत रुपमा मोवाइल ल्याइयो

      7/26/2020 गते 00 00 मा प्रकाशित     1420   पटक पढिएको

गोल्छा समुहले आयात गरेको फोर्ड गाडीबाट अनधिकृत रुपमा भित्र्याउन लागिएको मोवाइल बरामद भएको छ । कोरोना भाइरसको संक्रमणले संसारले माहामारीको सामना गरिरहेको छ ।

 

बीरगंजमा दैनीक जसो कोरोनोका कारण मानिसको मृत्यु भइरहेको छ । लकडाउनका कारण श्रमजीवी र मध्यम तप्काका मान्छेको जीन्दगी कठिन हुदै गएको छ  । तर ब्यापारमा संलग्न केही ब्यापारी घरानालाई यो संकटमा पनि पैसा कमाउने हुटहुटी जागेर आएको छ ।


गोल्छा समुहको जीओ अटोमोवाइल्सले आयात गरेको फार्ड गाडीमा शनिवार चेकजाँच हुदा बिभिन्न  ब्रान्डका ३३ वटा मोबाइल फेला परेको भन्सार प्रमुख गोपाल खत्रीले बताउनु भयो ।


जाँचपासकोलागि पेश गरेका २ वटा गाडीबाट मोवाइल बरामद भएको हो । एउटा बाट ८ ओटा र अर्कोबाट २५ वटा मोवाइल बरामद भएको खत्रीले बताउनु भयो । 


नेपाल र भारतको एकिकृत जँच चौकीबाट पास भएर आउने गाडीमा अनधिकृत रुपमा मोवाइल ल्याइएको घटना परिमाण हिसावले कम भएपनि यसको अर्थ भने महत्वपूर्ण रहेको छ ।

 

राजस्व मारेर मोवाइल ल्याउन सक्नेहरुले अरु के ल्याउन सक्दैनन भन्ने प्रश्न यतिवेला उठेको छ । भंसार कर्मचारीको पेशागत इमानदारीतामा पनि यो प्रकरणले गम्भिर सवाल उठाएको छ ।

 

आइसीपी भएर भारतमा प्रतिवन्ध लगाइएका समानाहरु निर्यात भएको पाइन्छ । अइसीपी भएरै राजस्व छलेर बैध र अवैध सामान नेपाल आउने गरेको यो प्रकरणले पुष्टि गरेको छ । 

नेपाल र भारत दुबैतर्फको एकीकृत निगरानीमा रहने आइसीपीबाट घोषणाभन्दा फरक पारेर मोबाइल भित्रिएको छ। भन्सार अधिकारीहरूले चालकबाट अनुसन्धान शुरू गरे पनि यो परिमाणको मोबाइलको अबैध आयातमा चालकको मात्र संलग्नता नभएको एक अधिकारीको दाबी छ। रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल बरामद भएको भन्सारले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.