बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको छ भन्ने सूचनाको पाएको प्रहरीले गण्डकबाट गएराती ट्रक नियन्त्रणमा लिएको हो ।
बिशेष सूचना पाएपछि प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.३ ख ३१९९ र ना.६ ख ७१ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको फेला परेपछि नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
बिल बिजक भन्दा बढी देखिएको शंकास्पद सामान सहित ट्रक सहितको ८४,लाख ९९ हजार ६ सय ५२ बराबरको मूल्याकंन गरिर आवश्यक कारपवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको गिरीले बताए ।
तपाईको प्रतिक्रिया