बीरगंज । प्रतिवन्धीत भारतीय नोट सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने ३५ वर्षिय लालु मियाँ रहेका छन ।
पर्सा पर्सागढी नगरपालिका वडा नं–१ मनवा बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले मियालाई पक्राउ गरेको हो । प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल रोकी चेकजाँच गर्दा मिया नोट सहित पक्राउ परेका हुन ।
निजले लगाएको पाइन्टको खल्तीवाट भारतीय प्रतिबन्धित ५ सय दरका २ सय ४९ थान नोट फला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
मिया संग १ सय दरका नोट २ थान र २० दरका ३ नोट गरि १ लाख २४ हजार ७ सय ६० भारतीय रुपैया बरामद भएको गिरीले जानकारी दिए । मियालाई आवश्यक कारवाहीको लागि आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइए जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया