बीरगंज । बिलमा लेखिए भन्दा बढीको सामान फेला परेपछि आवश्यक कारवाहीकोलागि पर्सा प्रहरीले त्यो सामान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
१८ गते राती प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्रक सहित समान राजस्व कार्यालयमा बुझाएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको मालवाहक ट्रकलाई प्रहरीले बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवापोखरी चोकस्थित सडकखण्डमा ना.३ ख ९३२ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाइएकोले नियन्त्रणमा लिएको प्रहरीले जनायो । ट्रक मा २४ लाख मूल्य बराबरको खुद्रा समान रहेको छ ।
तपाईको प्रतिक्रिया