logo

१ करोड ३९ लाख मूल्य बराबरको सामान सहित बिलमा लेखिएभन्दा बढी सामान बोक्ने ट्रक प्रहरीले समात्यो

 इसीमाना सम्वाददाता     २०८० माघ २९ गते ०५: ०४ मा प्रकाशित     259   पटक पढिएको

वीरगञ्ज । पर्सा प्रहरीले विल विजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

 

फरक फरक ठाउबाट नियनत्रणमा लिइएको ट्रकमा १ करोड ३९ लाख मूल्य बराबरको सामान रहेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

 

बीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ८५६५ नम्बरको ट्रक परवानीपुरमा जाँच गर्दा र अर्को बीरगंज बाट झापा तर्फ जादै गरेको प्रदेश १–०१–००१–ख ३९१५ नम्बरको ट्रकमा चेकजाँचका क्रममा बिल बिजक भन्दा बढीको सामानको लोड भएको फेला परे पछि ट्रकहरु प्रहरीले नियनत्रणमा लिएको हो ।

 

परवानीपुरबाट नियन्त्रणमा लिइएको मालबाहक ट्रकबाट ७० लाख ४३ हजार भन्दा बढी मूल्य बराबरको सामान बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

 

बीरगञ्जबाट झापातर्फ जाँदै ट्रकबाट प्रहरीले ६९ लाख १५ हजार भन्दा बढीको सामान बरामद गरेको जनाएको छ ।


पक्राउ परेका २ वटै ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरी प्रवक्ता थापाको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.