logo

वीरगंजमा नेपाल कमर्स एसोसिएसनको कन्फरेन्स आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८० फागुन ५ गते १०: २१ मा प्रकाशित     819   पटक पढिएको

बीरगंज । नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक होटल भिषुवामा शनिवारएसोसिएसनका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यषतामा सम्पन्न भएको छ ।

 

बैठकले संस्थामा संस्थापकहरुबाट भएको योगदान रकम तथा आजिवन सदस्यता शुल्कबाट प्राप्त रकम मध्ये ७५ प्रतिशत रकमलाई पुजीकृत कोषमा राख्ने र बाकी चालु शिर्षकमा खर्च गर्ने निर्णय गरेको छ ।

 

एसोसिएसनले भोलिदेखि नै नया आजिवन सदस्य तथा साधारण सदस्यहरु बनाउनको लागि फारम वितरण गर्न सुरु गर्ने भएको छ ।

 

आजिवन सदस्यता लिने सदस्यहरुले एक पटक मात्र दस हजार आजिवन सदस्यता शुल्क तिरि आजिवन सदस्यता लिन पाउने छन ।

 

त्यसतै साधारण सदस्ता लिन चाहनेहरुको लागि प्रथम वर्ष दुई हजार पाच सय र त्यस पछि प्रति वर्ष एक हजार रुपैया नविकरण शुल्क वापत तिर्नु पर्ने छ ।

 

एसोसिएसनको सदस्यता लिनलाई कम्तिमा कर्मस वा व्यवस्थापन संकायमा स्नातोकोत्तर गरेको हुनु पर्ने छ । एसोसिएसनले आफ्ना सदस्यहरुलाई आलेख लेख्न निशुल्क प्रशिक्षण दिने छ भने कर्मस वा व्यवस्थावन संकायमा स्नात्तक चौथो वर्ष तथा स्नातोकोत्तर अध्ययनरत बिद्यार्थीहरुलाई समेत न्यून शुल्कमा प्रशिक्षण दिने भएको छ ।

 

एसोसिएसनले सन २०२४ भित्र वीरगंजमा नेपाल कमर्स एसोसिएसनको प्रथम कन्फरेन्स गर्ने निणर्य गरेको छ । कन्फरेन्स पछि एसोसिएसनले जर्नल (पुस्तक) समेत प्रकाशन गर्ने छ ।

 

आलेख लेख्न प्रशिक्षण तथा कन्फरेन्सबाट कमर्स तथा व्यवस्थापन संकायका शिक्षक तथा बिद्यार्थीहरुमा शोध गर्ने क्षमताको विकास हुनेछ ।

 

एसोसिएसनका अध्यक्षमा वीरगंज कलेजका संचालक समिति अध्यक्ष डा. चौधरी, उपाध्यक्ष रा.रा.बहुमुखी क्याम्पस, जनकपुरधामका सह–प्रध्यापक डा.बिनोद साह, सचिवमा डा. आलोक दत्ता सह–प्रध्यापक हरि खेतान क्याम्पस, वीरगंज, कोषाध्यक्ष डा. अशोक राज ठाकुर उप–प्रध्यापक, वीरगंज कलेज, वीरगंज, सदस्य डा. सरोज कुमार ठाकुर सह–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम, सदस्य डा. उदय किशोर तिवारी उप–प्रध्यापक, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग, कीर्तिपुर, सदस्य डा. सन्तोष कुमार कर्ण सहायक–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम, रहेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.