वीरगञ्ज । पर्साबाट प्रहरीले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले वीरगञ्ज–१६ इदगाह चोकबाट सडकखण्डबाट उक्त मूल्यका लत्ताकपडा तथा भाडा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छली ल्याइएको लेडिज कपडा तथा बिरयानी पकाउने भाडाहरु वीरगञ्ज घण्टाघरतर्फ ल्याउदैँ गरेको अवस्थामा नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ध्रूव बहादुर श्रेष्ठले जनाए ।
प्रहरीले लेडिज कुर्ता सुरुवाल ९४८ पिस, बिरयानी पकाउने भाडा ५ थान, ठूलो भठ्ठी २ पिस, छनौटा २ थान, सानो बाटा २ थान बरामद गरेको प्रहरीले जनायो ।
बरामद सामानको मूल्यांकन १० लाख ४ हजार ४ सय कायम गरि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।
तपाईको प्रतिक्रिया