logo

राजस्व घट्यो, पथलैयाका देवकोटा सेटिङ गर्न तल्लीन,बिभागका महानिर्देशकलाई माल चाहियो

 इसीमाना सम्वाददाता     २०८० फागुन १३ गते १६: ०० मा प्रकाशित     727   पटक पढिएको

बीरगंज ।प्रधानमंत्री मातहत रहेको राजस्व अनुसन्धान विभागको महानिर्देशक अहिले नवराज ढुंगाना छन । ढुंगाना कास्कीका हुन त्यती मात्र होइन प्रधानमंत्री प्रचण्डका स्वकीय सचिव भइसकेका ब्यक्ति हुन ।

 

बीरगंज भन्सारको प्रमुख प्रशासक रहेकै बेला प्रधानमंत्री प्रचण्डले उनलाई आफनो सचिवालयमा लगेका थिए ।हिजो के.पी.ओली प्रधानमंत्री हुदा बिभागलाई प्रधानमंत्री मातहत ल्याइएको थियो । माओवादी र नेपाली कांग्रेसले त्यसको घनघोर बिरोध गरे तर त्यसपछि पालै पालो सत्तारोहण गरेका प्रचण्ड र देउवाले बिभागलाई प्रधानमंत्री मातहतबाट हटाउन कुनै इच्छाशक्ति देखाएनन । उल्टै आफनो सचिवालयको मान्छेलाई बिभागमा पठाएर आर्थिक दोहनको अवसर प्रदान गरेको देखिन्छ ।

 

विभागले राजस्व चुहावट र तस्करी नियन्त्रण कुनै उल्लेखनीय काम गर्न नसकेको तथ्यले देखाएको छ । मुलुकको प्रमुख स्थल भंसार र सबै भन्दा बढी राजस्व असुली हुने बीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि माघसम्म पाएको राजस्व लक्ष्य भेटेको छैन ।

 

कार्यालयले भन्सार विभागबाट १ खर्ब ३९ अर्ब १ करोड ७४ लाख ६७ हजार रूपियाँको राजस्व सङ्कलनको लक्ष्य पाएकोमा कुल लक्ष्यको ६१.९२ प्रतिशत अर्थात् ८६ अर्ब ५७ करोड ७५ लाख ३ हजार मात्रै राजस्व सङ्कलन गरेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । यो तथ्यले पनि राजस्व बिभागको असफलताको कथा कहन्छ ।

 

बिभागका प्रमुख ढुंगाना कमाउ धन्दामा लागेका कारण माथि देखी तल सम्म राजस्व् अनुसन्धान बिभाग अनियमिततामा डुबेको छ । पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालय र त्यसका प्रमुख प्रेमप्रसाद देवकोटा ढुङगनाका प्रिय पात्र बनेका छन ।

 

अनधिकृत कारोवारको प्रमुख केन्द्र बीरगंज मार्फत तस्करीको लाइन चलाएर ढुङ्गानाको अभियानलाई साथ दिदै आफू पनि मालामाल भएका छन । देवकोटाको उठती पुठ्तीको प्रवन्ध भने बीरगंज घर भएका तिर्थ पासवान नामका अधिकृतले गर्दै आएका छन ।

 

पासवानले स्थानीय भएका नाताले सबै तस्करसंग चीनजान भएको र उनीहरुको सामानहरु बिना चेकजाँच पास गरिदिने प्रवन्ध बिलाएर राजस्वमा तर मार्ने काम गर्दै आएका छन ।

महानिर्देशक ढुंगाना नै असुलीधन्दामा अग्रसर भएको थाहा पाएपछि मातहतका कार्यालयका प्रमुखहरुले त्यही सिको गरेका कारण पछिल्ला दिनमा देशभर तस्करी बढेको छ ।

पथलैयाका ,प्रमबाबु देवकोटा सिधै प्रधानमंत्री कार्यालयलाई रिपोर्ट गर्नुपर्छ भन्दै आफनो अड्डा राजस्व चुहावट नियन्त्रणमा लागेको आदर्शकुरा गर्न त माहिर छन तर उनका सहयोगी पासावानलाई ढुंगाना पथ अंगिकार गर्दै तस्कर र ब्यापारीसँग लेनदेनमै सेटल गर्न खटाएका छन ।


पासवानले तस्करीको सामान लोड भएका गाडी बरामद गर्ने र मोटो रकम असुली गरि छाडने गरेका छन । देवकोटार पासवानाले यो बापत महानिर्देशक ढुंगानालाई समेत हिस्सा बुझाउने गरेको स्रोतको दावी छ । ढुङ्गानाका कारण नै देवकोटा तस्करहरुसँग सामान बरामद होइन, सेटिङ गर्न तल्लीन छन् ।

 

देशका ठूला उद्योगी र ब्यवसायीहरुलाई विभिन्न नाममा छापा मार्ने, तर्साउने र ठूलो रकम बार्गेनिङ गर्नमै पथलैया राजस्व ब्यस्त छ ।

राजस्व अनुसन्धान विभाग राजस्व चुहावट र भन्सारछली नियन्त्रणका लागि स्थापना भएको हो । तर विभागमा पछिल्ला दिनमा राजनीतिक हस्तक्षेपले सीमा नाघेको छ ।

महानिर्देशक र निर्देशकहरु मातहतका कार्यालयका प्रमुख राजनीतिक भागबण्डाका आधारमा सरुवा हुने प्रचलनले राजस्व चुहावट नियन्त्रण गर्ने भन्दा पनि कसरी हुन्छ आर्थिक उपार्जन गर्ने माध्यम बनाइएको छ ।

राजस्व अनुसन्धान विभागमा कर्मचारी खटनपटन सत्ता गठबन्धनको भागबण्डामा हुने गरेको छ । महानिर्देशक ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पीए र घर पनि कास्कीको एउटै गाउँ भएकाले उनी प्रम नजिक छन भन्ने कुरा घाम जतिकै छर्लङै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.