logo

बीरंगज कलेजले रात्री मेलाको आयोजना गर्ने, बिभिन्न प्रकारका खानाका ३२ स्टल रहने

 इसीमाना सम्वाददाता     २०८० फागुन १४ गते ०६: ०८ मा प्रकाशित     355   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज कलेजले खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ ।


फागुन १८ र १९ गते मेलाको आयोजना गर्ने सोमवार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । कलेजले रात्री बजारको अवधारणा लाई ब्यवहारमा अध्ययन गर्नकालागि आयोजना गर्न लागेको हो ।

 

दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागेको कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले जानकारी दिए ।

 

विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रर्वद्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताए ।


मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने अनुमान गरेको छ ।

गतबर्ष पनि पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त गरेको र यसबर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलाको आयोजना गर्न लागेको बताउनुभयो ।

 

खाना तथा सांस्कृतिक मेलामा कलेजमै अध्ययन गरेको विद्यार्थीहरुको नृत्य, गीतहरुको पनि प्रस्तुती रहने क्याम्पस प्रमुख विनोद गुप्ताले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

सदभाव भड्काएको आरोपमा पक्राउ परेकाहरुलाई  ६ दिन न्यायीक हिरासतमा राख्न अदालतको आदेश

वीरगन्ज । सामाजिक सदभाव बिथोल्ने आरोपमा पक्राउ परेकाहरुलाई अनुसनधानकालागि प्रहरीले अदालतबाट म्याद थप गराएको छ ।

कांग्रेस महामन्त्री थापाद्वारा सरकारको तिब्र आलोचना, भन्छन कांग्रेस सरकार अदलबदलमा भने लाग्दैन

वीरगंज। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नेकपा एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको बताएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.