logo

बैदेशकि रोजगारीबाट फर्किएका युवाले शुरु गरेर उद्यमशिलता ,ठोरी आधुनिकता तर्फ लम्कियो

      10/14/2020 गते 00 00 मा प्रकाशित     1596   पटक पढिएको

    ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरमा आजबाट बेकरी ब्यवसाय संचालनमा आएको छ ।  ठोरी गाउँपालिका वडा नं. ३ रामनगरका एक युवाले १५ लाखको लगानीमा ठोरीकै सुवर्णपुरमा बेकरी ब्यवसाय सुरु गरेका हुन ।

 


बैदेशीक रोजगारीकोलागि दुवई पुगेका ठोरी रामनगरका राम खडकाले यो ब्यवसाय शुरु गर्नु भएको हो । बैदेशीक रोजगारीमा गएका नेपाली युवाले सीप सिकेर नेपालमै आएर यस्तो उद्यम गर्ने भने नेपालको बिसका हुन धेरै समय नलाग्ने बिज्ञहरुले बताउदै आएका छन ।


पर्सा जिल्लाको सदरमुकाबाट सबै भन्दा टाढा रहेको ठोरीमा युवाहरुले उद्यमशिलताको प्रवाह गर्नाले आत्मनिर्भरता तर्फको अभियानले बल पाउने स्थानीयको भनाई छ । 

   ४ बर्ष दुबई बसेर आएका रामनगरका राम खड्काले स्वदेशमै बसेर आफ्नै गाउँ ठाउमै लगानी गरेर ब्यवसाय गर्दा अत्यन्तै गर्व लागेको बताउनु भयो ।  

 

आफ्नै गाउँमा बसेर ब्यवसाय गर्न युवाहरु प्रेरित हुनुपर्छ  भन्ने सन्देश समेत दिएको उहाँको ब्यवसायले ठोरीमा रहेका युवाहरूलाई अन्त्यन्त सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । 


बिदेशमा सिकेको सीप र आर्जन गरेको लगानीले आफनै ठाउमा ब्यवसाय गरेर आँट प्रर्दशन गरेको  स्थानीय राजनीतिक अगुवा जरी लामाले बताउनु भयो । 


खडकको  स्वरोजगार बन्ने प्रयासलाई सबैले प्रशंसा गरेका छन ।  सकारात्मक सोच राखेर अघि बढिरहेका युवाहरूलाई आफुले संधै सहयोग र हौसला दिइरहने रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनु भयो । 
बद ठोरी बेकरी क्याफेमा जन्मदिनका लागि केक, पिज्जा, बर्गर, कफी, बिस्कुट, पाउरोटी पाउनुका साथै अन्य खाजा नास्ता को समेत राम्रो प्रबन्ध रहेको संचालक खड्काले बताउनु भएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.