logo

जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सलाई साढे दुई लाख जरिवाना 

      11/25/2020 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

भारतको बैङ्ग्लोरको उत्पादित अगरवत्ती  भनेर कमसल खालको अगरवती  प्याक गरि बिक्री गर्दै आईरहेको एक फर्मलाई कार्वाही गरिएको छ ।

बीरगंज महानगरपालिका वडा न .१६ बाईपास  बैणव मन्दिर स्थित निरज कुमार गुप्ताको नाममा रहेको जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सलाई कारवाही गरिएको बजार अनुगमन टोलीका प्रमुख जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवले बताउनु भयो ।

 

बैङ्ग्लोरको निल पर्फ्युमरी वर्क्सको विभिन्न ब्रान्डको  केवडा , चम्पा र रजनीगन्धा अगरवत्तीको खोलमा  अगरवत्ती प्याक गरि बिक्री गर्दै आईरहेको उजुरीको आधारमा सो फर्ममा अनुगमन  गर्दा  बेङ्ग्लोरका विभिन्न ब्रान्डका अगरवत्तीको खाली खोल १०० थान समेतबरामद भएको थियो।

फर्मले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को “ङ”  बमोजिम साबीक गुणस्तर , मुल्य ढाटी , झुक्याई बिक्री गरेको कसुर गरेकोले सोही ेऐनको को दफा ३९ को “घ”बमोजिम २ लाख ५१ हजार रुपैया  तत्काल जरिवाना गरेको अनुमगन टोलीका सदस्य दिलीप खंगले जानकारी दिनु भयो  ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवको नेतुत्वमा गएको टोलिमा नायब सुब्बा नारायण प्रसाद आचार्य , बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलिप खङ्ग , घरेलु तथा साना उद्योग कार्यालय पर्साका नायब सुब्बा अशोक पान्डे , उपभोक्ता हित संरक्षण मञ्च प्रदेश न.२ का अध्यक्ष के.सी. लामिछाने , बीरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , कोषाध्यक्ष संतोषमान रन्जितकार , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक पुष्कर भन्डारीकोसहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.