logo

नागरिकको बचत हिनामिना गर्न नसक्नेगरि महानगर सहकारी ऐन बनाउदै, सहकार्यकोलागि प्रमुख सरावगीको अपिल

      11/28/2020 गते 00 00 मा प्रकाशित     1011   पटक पढिएको

बीरगंज महानगरपालिकाले सहकारी ऐन बनाउनदै गरेको महानगरका प्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ ।

 

वीरगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं साधारणसभाको उद्धघाटन गर्दै महानगर प्रमुख सरावगीले साना पूजीको परिचालनमा प्रभावकारी भूमिका निर्वाह गर्दै गरिवी निवारणमा योगदान दिने सहकारी क्षेत्रलाई ब्यवस्थित बनाउन कानून बनाउन लागिएको बताउनु भयो । 

 


साना र छरिएर रहेको रकमलाई जम्मा भएपछि हिनामिना गरिएका घटनाहरु देखिएको चर्चा गर्दै महानगर प्रमुख सरावगीले नागरिकको बचत हिनामिना गर्न नपाउने प्रवन्ध सहितको ऐन बनाउने  काम भइरहेको बताउनु भयो ।

 

उहाँले सहकारीले उद्ययमशिलताको बिकास र रोजगारी सृजनामा गरेको योगदानको प्रसंशा गर्नु भयो । उहाँले बीरगंज महानगरपालिका सहकारीहरुसंग सहकार्य गर्न तयार रहेको बताउदै  सहकार्यकोलागि खुला आमन्त्रण पनि गर्नु भयो ।

 

उद्घाटन समारोहमा संस्थाका सचिव गोविन्दप्रसाद श्रेष्ठले आव २०७६र२०७७ मा रु ३६ लाख मुनाफा भएको र मुनाफामध्ये रु १२ लाख शेयरधनीलाई लाभांशको रूपमा वितरण गरेको  जानकारी दिनु भयो ।

 

उनले सहकारी गत आवमा करीब रु १८ करोडको कारोबार गरेको बताए। संस्थाका अध्यक्ष डिल्लीविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शम्भुप्रसाद गुप्ता, राजेश पण्डित, रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

 

उद्घाटन सत्रमा डा नीरज सिंह, डा. उदयनारायण सिंह र रेडियो वीरगंजका अध्यक्ष साहलाई दोसल्ला ओढाएर नगरप्रमुख सरावगीले सम्मानित गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण उज्ज्वल घिमिरेले गर्नु भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.