वीरगंज ।सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार कार्यालय चलान गरेको सशस्त्र प्रहरी ब१३ नम्बर गण पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल विओपि ड्रइपोर्टबाट खटिएको गस्ती टोलीले उनीहरुलाई वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित नेपाल–भारत नाकाबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट श्रोत नखुलेको १२ लाख ५० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरु नेपाल तर्फ आउदै थिए नेपाल तर्फ आउदै गरेको ना ३५ प ६७१६ नम्बरको अर्को एउटा भारतीय नम्र प्लेटको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया