नारायणी अस्पतालमा कृषि बिकास बैंकले एक्सटेशन काउण्टर संचालनमा ल्याएको छ । काउण्टरको बैंकका कार्यकारी प्रमुख अनिल कुमार उपाध्यायले आज एक कार्यक्रमकावीच शुभारम्भ गर्नु भएको हो ।
कृषि विकास बैंक लिमिटेड वीरगन्ज शाखा र नारायायाी अस्पताल बीच बैंकिङ कारोबारमा साझेदारी गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ्ग काउन्टर बैंकबाट सञ्चालन गर्ने सहमति भएको हो । बैंकले उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ ।
तपाईको प्रतिक्रिया