logo

पहिलो चौमासीकमा यातायातको राजस्व संकलन ११ करोडले घट्यो, सरकारी नीतिकाकारण राजस्व प्रभावित

      12/9/2020 गते 00 00 मा प्रकाशित     1425   पटक पढिएको

प्रदेश सरकारको मातहत आएपछि बीरगंजमा रहेको यातायात ब्यवस्था कार्यालयको राजस्व संकलन हरेक वर्ष ओरालो लाग्दो छ ।

 

सवारीको सरुवा जादा लिइने शुल्क महगो भएपछि राजस्व संकलन प्रभावित भएको कार्यालय स्रोतको भनाई छ । संघीयताको अभ्याससंगै महत्वपूर्ण कार्यालयहरु प्रदेश सरकारमातहत आएका छन ।

 

तर प्रदेश सरकारको मातहत आएका सरकारी कार्यालयहरुले दिने सेवा प्रभावकारी नभएको गुनासो पनि बढेको छ । प्रदेश सरकारका मंत्रालयहरुको प्रभावकारी संचालन नभएकोले यस्तो समस्या आएको कर्मचारीको भनाई छ । 

 


यातायात ब्यवस्था कार्यालयमा राजस्व संकलनमा  ओरालो लाग्नुको कारण पनि यही रहेको उनीहरुको भनाई छ । कार्यालयले यो आवमा संकलित राजस्व गत वर्षको ११ करोड २५ लाख १३ हजार राजस्व कमी छ ।  

 

गतवर्ष  पहिलो चौमासिकमा कुल ४५ करोड ४२ लाख ९८ हजार राजस्व संकलन गरेको थियो । चालु आर्थिक बर्षको सोही अवधिमा भने कुल ३४ करोड १७ लाख ८५ हजार मात्र राजस्व संकलन भएको छ । 

 

पछिल्लो वर्षहरुको तुलनामा यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पर्साको राजस्व संकलन र नयाँ सवारी दर्तामा कमी भएको पाइएको छ । प्रदेश सरकारको केही नीतिगत कमजोरीका कारण राजस्व संकलन र नयाँ सवारी दर्तामा कमी भएको कर्मचारीको भनाई छ  ।


साविकको नारायणी यातायात व्यवस्था कार्यालय हालको यातायात व्यवस्था कार्यालय सवारी वीरगन्जमा नयाँ सवारी दर्ता हुने क्रम नै घेको  यातायात व्यवस्था कार्यालय सवारी वीरगन्ज पर्साका प्रमुख कुसेश्वर साह बताउनु भयो ।

वीरगन्जमा दर्ता भई अन्यत्र सरुवा जाने सवारीमा प्रदेश २ सरकारले अतिरिक्त शुल्क निर्धारण गरेपछि यहाँ नयाँ सवारी दर्ता संख्या कमि आएको छ । 


मुलुकको पछिल्लो संरचना अनुसार प्रदेश २ सरकार मातहत रहेको यो कार्यालयबाट सरुवा जाने सवारीमाथि अतिरिक्त शुल्क लगाइएको छ । त्यसैले अधिकाँशले त्यो अतिरिक्त लाग्ने शुल्क यहाँ तिर्नुको साटो आफ्नै प्रदेशमा नयाँ सवारी दर्ता गर्न थाल्दा यहाँ नयाँ दर्ता संख्यामा पनि गिरावट आएको साहको भनाइ छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.