logo

सहकारीको रकम ठगेका राई मलेशियाको आलीशान महलमा, अर्वौको कारोवार

 इसीमाना सम्बाददाता      २०८१ भदौ २० गते १५: १३ मा प्रकाशित     621   पटक पढिएको

बीरगंज । बीरगंजको सानो पाइला ऋण तथा सहकारी संस्था सहितका बिभिन्न सहकारीको ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईलाई खोज्न मलेशिया पुगको नेपाल प्रहरीको टोली रित्तै फर्किएको छ ।

एक साताअघि मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, टोलीले जीबी राईलाई भेट्न सकेको वा नसकेको खुलाएको छैन ।।


बीरंगजको सानो पाइला, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी लगायत विभिन्न सहकारीहरूमा सर्वसाधारणले गरेको बचत हिनामिना गरेको आरोपमा जीबी राईमाथि मुद्दा परेको छ।

 

उनी मलेसियामा बसिरहेको थाहा पाएपछि नेपाल प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर टोली पठाएको थियो। यसअघि पनि कूटनीतिक पहल गरी जीबीलाई नेपाल ल्याउने प्रयास असफल भएको थियो।

राईलाई पक्राउ गर्नकालागि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई उनीसँग सम्बन्धित थप कागजातहरू पठाएको छ। इन्टरपोलले पीडित र साक्षीका बयान कागजहरू माग गरेपछि ती कागजात अनुवाद गरी पठाइएको हो।

 

यसअघि अदालती कागजातहरू, पक्राउ पूर्जी र अभियोजनका पत्रहरू इन्टरपोललाई पठाइएको थियो।

प्रहरी स्रोतका अनुसार, जीबी राई मलेसियाको क्वालालम्पुरस्थित देशापण्डनमा ७ करोड रुपैयाँभन्दा बढीको अपार्टमेन्ट खरिद गरी बसोबास गर्दै आएका छन्। मलेसियामा ‘सेकेन्ड होम भिसा’ अवधारणाअन्तर्गत बसिरहेका जीबीले १ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेको प्रहरीको दाबी छ।

 

मलेसियामा कुनै अपराध नगरेका कारण मलेसियाली सरकारले उनलाई नेपाल फिर्ता गर्न चाहेको छैन।

जीबी राई पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए तर पासपोर्ट रोक्का गरिएको कारण उनलाई फर्काइएको थियो। पछि उनी स्थलमार्ग हुँदै भारत पुगेर मलेसिया भागेका थिए। पोखराको सूर्यदर्शन सहकारीबाट मात्र १ अर्ब ५० करोडभन्दा बढी ठगी गरेको आरोपमा जीबी राईसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.