logo

बीरगंजमा १ सय करोडको लागतमा चार तारे रिसोर्टको स्थापना, गुणस्तरीय सेवा दिइने संचालकको प्रतिवद्धता

      12/17/2020 गते 00 00 मा प्रकाशित     1111   पटक पढिएको

बीरगंजमा फाइभ स्टार होटेल सचालनमा आएको छ । होटेलका अध्यक्ष ब्यवसायी सुनिल खेतानले होटेलमा पत्रकार सम्मेलनको आयोजना गरि होटेल संचालनमा आउने जानकारी दिनु भएको हो । 


वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवारीमा हिमाल वातार्पार्क एण्ड भिलेज रिसोर्ट नामक अन्तराष्ट्रिय स्तरको पाँच तारे होटल सुरु भएको हो । एक अर्वभन्दा बढीको लगानीमा प्रदेश नं . २ मै खुलेको यो पहिलो होटल भएको सञ्चालकले दावी गरेका छन् । रिसोर्ट २ बिगाह क्षेत्रफलमा फैलिएको छ । 



त्यसै गरि   कन्भेन्सन सेन्टरको साथै ७ वटा बेनक्युट हल रहेको छ ।कन्भेन्सन सेन्टरमा एकै समयमा बिवाहपार्टी  , बर्थडे पार्टी , किटि पार्टी र विभिन्न समारोह तथा  कार्यक्रम गर्न सकिने खेतानले जानकारी दिनु भयो । रिसोर्टमा १५ जनादेखी २ हजार व्यक्ति अटाउन सक्ने क्षमता भएको हल समेत रहेको बताउनु भयो ।

 

रसिोर्टमा  ६ तल्ले होटलमा आतिथि आश्रयकालागि सुविधा सम्पन्न ६० वटा कोठा रहेको छ ।  आगामी शुभ दिपावली देखि हेटेल पुर्णरुपमा संचालनमा आउने समेत बताए । 


त्यसै गरि रिसोर्टमा नवरतन रेस्टुरेन्ट संचालनमा रहेको छ ।७६ जना सिट क्षमताको रेस्टुरेन्ट र ५४ जना सिट क्षमताको बार पनि रहेको पत्रकार सम्मेलनमा जानकारी गराउनु  भयो ।  गुणस्तरिय र शुद्ध खाना , नास्ताको पनि व्यवस्थाको साथै चाईनिज , ईन्डियन , थकाली , ईटालियन लगायत विभिन्न प्रकारको खाना अनुभवी सेफद्वारा बनाईने खेतालने बताउनु भयो । 


रिसोर्टमा फिट्नेस , गेम एन्ड हेल्थ क्लब , मसाज ,सौन एन्ड स्टिम रुम , क्रेसन एन्ड स्पोर्ट् , स्विमिङ्ग पुलको लङ्गर , किड्स रुम र क्यासिनो पनि रहेको छ ।  ८० गाडी र खुल्ला रुपमा २ सय गाडी पार्किङ्ग गर्न सक्ने व्यवस्था रहेको र हाल १५ जना काम गरिरहेकोमा केही दिन पछी ४५ जनाले रोजगार पाउने समेत पत्रकार सम्मेलनमा बताइएको थियो  ।


पत्रकार सम्मेलनमा होटेलका अध्यक्ष एवं संचालक सुनिल कुमार खेतान, कम्पनी सन्चालक सुदिप खेतान , होटेलका जेनेरल मेनेजर राजेश रन्जन , प्रोजेक्ट मेनेजर रबिन्द्र रैना , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान र माउन्टेन टेलिभिजनका ब्युरो प्रमुख महेश दासको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.