logo

लक्ष्य अनुसारको राजस्व असुलीमा वीरगञ्ज भन्सार असफल

 इसीमाना सम्वाददाता     २०८१ असोज ५ गते ०१: ४५ मा प्रकाशित     400   पटक पढिएको

 वीरगञ्ज । चालु आर्थिक वर्षको भदौ सम्म बीरगंज भन्सार कार्यालय निर्धारित गरेको राजस्व संकलनको लक्ष्य पुरा असफल भएको छ ।

 

भंसार बिभागले भदौ सम्मकालागि ३५ अर्व ५७ करोड २७ लाख राजस्व संकलनको लक्ष्य दिएको थियो । यो अवधीमा बीरगंज भन्सारले २५ अर्व ३१ करोड ४३ हजार रुपैया राजस्व संकलन गरेको छ ।

 

यो निर्धारित लक्ष्य भन्दा २९ प्रतिशतले कम हो । गत आथिर्क वर्षको यही अवधिमा ३० प्रतिशत कम राजस्व संकलन भएको थियो।

 

गत वर्ष पनि राजस्व संकलनको लक्ष्य पुरा नगरेको बीरगंज भन्सरा कार्यालयको चालु आर्थिक वर्षको भदौ सम्मको अवस्था हेर्दा राजस्व असुलीको लक्ष्य पुरा गर्न निकै कठिनाई हुने देखिन्छ । 

बिभागले बीरगंजकालागि पछिल्लो वर्षहरुमा राजस्वको लक्ष्य थप्ने उपक्रम बढेको छ । तर लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको छैन ।

तथापी सरकार र नीति निर्माताहरु राजस्व संकलनको लक्ष्य प्राप्तिका अवरोधलाई हटाउन नचाहेको ब्यवहारले देखाउदै आएको छ । 


नेपाल राष्ट्र बैंकले केही समयअघि गरेको अध्ययनलाई आधार मान्दा भारतबाट हुने औपचारिक आयातको ३५ प्रतिशत अनौपचारिक माध्यम, अर्थात् भन्सार छलेर नेपाल भित्रिन्छ । 


सरकारले राजस्व चुहावट नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा भन्सार, सशस्त्र प्रहरी, जनपद प्रहरी खटाएको छ ।

 

राजस्व अनुसन्धानका निकाय पनि क्रियाशील छन् । यत्रो लगानी क्रिायशिल हुदा अनधिकृत कारोवार नियन्त्रण हुदैन अनी राजस्व संकलनको लक्ष्य पुरा हुन्छ कसरी ?बीरगंज भन्सार भएरै अनधिकृत कारोवार संस्थागत रुपमा हुदै आएको आरोप लाग्दै आएको छ ।

 

प्रहरीले समात्ने मालवाहक ट्रक नियन्त्रणमा लिने घटनाले पनि त्यो कुरालाई बल पु¥याउदै आएको छ ।

 

 बीरगंज भन्सार भएर पेट्रोलिम पदार्थको खपत हुने गाडीको आयात बढी हुदै आएकोमा अहिले आएर बिधुतीय सवारी साधनको आयात बढेको छ ।

 

 राजस्व ंकलनको लक्ष्य पुरा नभएपनि गत वर्षको तुलनामा राजस्व संकलनको मात्रा भने बढेको  तथ्याकंल देखाउछ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.