बीरगंज । प्रहरीले ५८ लाख बराबरको कस्मेटीक समान नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
बिशेष सूचनाको आधारमा प्रहरीले गएराती सवा २ बजेको समयमा बीरगंज महानगरपालिका वडा नं २५ सुख्खा बन्दरगाह चोकमा बा ३ ख ९८४५ नम्बरको मालवाहक गाडी चेकजाँच गर्दा कस्मेटीकका समान बरामद भएको हो ।
कस्मेटीकका समानहरु बिल बिजक भन्दा बढी मूल्यको भएको शंकाको आधारमा प्रहरीले मालवाहक गाडी समातेको हो ।
तपाईको प्रतिक्रिया