logo

एनआइसी एशिया बैंकले ऋणीलाई असाध्यै दुःख दिएको भन्दै सबैभन्दा धेरै उजुरी

      1/8/2021 गते 00 00 मा प्रकाशित     1302   पटक पढिएको

एनआइसी आएशिया र प्राइम बैंकले  ऋण प्रवाहको मापदण्ड बिपरित ऋण लगानी गरेर बचतकर्ताको रकम डुवाउन लागेको भन्दै सरोकारवाला निकायले गम्भिर आरोप लगाएका छन ।

 

राष्ट्र बैंकले दिएको निर्देशन बिपरितको काम गरेर आफना बचतकर्ताको रकमलाई जोखिम पारेका छन । राष्ट्र बैंकको निर्देश बिपरित काम गरेर अन्य बैंक जस्ले निर्देशन पालान गरेका छन तिनलाई समेत अप्ठयारोमा पारेर जोखिम सृजना गरेपछि दुबै बैंक बिरुद्ध बिभिन्न निकायमा उजुरी परेका छन । 

 

दुबै बैंकलाई , नियमविपरित सञ्चालकलाई ऋण दिएको ।, कर सम्बन्धी कागजात पूरा नगरेको , ऋण–स्वपूँजी अनुपातसम्बन्धी राष्ट्र बैंकको निर्देशनको पालना नगरेको , दोहोरो वासलात भएका कम्पनीलाई पनि ऋण दिएको , व्यक्तिगत कर्जा प्रवाह गर्दा पालना गर्नुपर्ने नियमको पालना नगरेको , कर्जा सूचना केन्द्रसँग सम्बन्धी नियमहरु पालना नगरेको  र  जथाभावी सेवा शूल्क लिएको लगायतका आरोप लगाइएको छ । 

राष्ट्र बैंकका अधिकारीहरुले बैंकले दुख दिएका ग्राहकले सीधै राष्ट्र बैंकमा र अर्थ मन्त्रालय लगायतमा गुनासो गरेको बताएका छन् ।

 

बैंकहरु व्यवसाय बढाउने अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका कारण यस प्रकारको गुनासो पनि बढ्न थालेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘राष्ट्र बैंकको नीति निर्देशन लत्याउँदै कर्जा प्रवाह गरेको भन्दै गुनासोहरु आएका छन्, हामी छानविन गरिरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘हाम्रो छानविनमा उजुरीमा उल्लेख गरिएको कुरा पाइएको खण्डमा कानूनअनुसार कारबाही गर्छौं ।’

 

एनआइसी एशिया बैंकले ऋणीलाई असाध्यै दुःख दिएको भन्दै सबैभन्दा धेरै उजुरी परेको ती अधिकारीले बताए ।एनआइसी एशियाले दुःख दिएको भन्दै ऋणीहरुले  थापाथलीस्थित बैंकको मूख्य कार्यालय घेराउन गर्न पुगेका थिए ।बैंकबाट पीडितहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।

यसरी बैंकविरुद्ध ऋणीहरु आन्दोलनमा उत्रिनु भनेको राष्ट्र बैंकको निरिहताले हो । राष्ट्र बैंक बलियो थियो भने ऋणीहरु यसरी आन्दोलनमा उत्रिनुपर्ने अवस्था नै आउने थिएन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.