चालुगत खर्चको तुलनामा बिकास खर्च निकै कम , पहिलो चौमासिकमा दश प्रतिशत मात्र
इसीमाना सम्बाददाता
२०८१ मंसिर १ गते ०७: ०१ मा प्रकाशित
340 पटक पढिएको
काठमाडौँ, । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा १० प्रतिशत मात्र बिकास खर्च भएको छ । यो निकै कम हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ । पूजीगत खर्चकालागि ३ खर्ब ३५ करोड ४० लाख बिनियोजन भएकोमा ३४ अर्ब ५३ करोड १० लाख रुपैया मात्रै खर्च भएको छ । यो ९.८ प्रतिशत मात्र हो । चालुगत खर्चमा भने २५.प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ ।
सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा २ खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ ।
कात्तिक मसान्तसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा हालसम्म तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख बराबर राजस्व संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्मको प्रगति शून्य छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया