इसीमाना सम्वाददाता
२०८१ मंसिर २ गते ०५: ५३ मा प्रकाशित
405 पटक पढिएको
वीरगञ्ज । वीरगञ्जको वडा नं २५ स्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सारले १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व लक्ष्यको २७ . ५७ प्रतिशत राजस्व संकलन भएको हो । राजस्व संकलनको यही क्रम रह्यो भने सुख्खा बन्दरगाह भन्सार पनि राजस्व संकलनको लक्ष्य हासिल गर्न असफल हुने प्रक्षेपण गरिएको छ ।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए ।
चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व सङ्कलन पनि घटेको बताए ।
तश्रो मुलुकबाट आयात हुने सामान भंसार मूल्याकंनमा गरिने कैफियत र एउटा समानाको अर्को नाममा संकलन हुने राजस्वका कारण पनि राजस्व संकलन घटेको स्रोतले दावी गरेको छ ।
चालु आवको साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड र कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।
कार्यालयले गत आर्थिक वर्षको यही अवधीमा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षको तुलनमा यस आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व संकलन २० करोड ले कमी रहेको कार्यालयले जनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया