logo

अर्किड्स मोटो कर्प प्रा.लिले सेवा सुविधा बापतको २८ लाख रुपैया नदिएको बरिष्ठ ब्यवस्थापक कर्णको अरोप

      1/25/2021 गते 00 00 मा प्रकाशित     1241   पटक पढिएको

हुण्डाई गाडीको अधिकृत बिक्रेता अर्किड्स मोटो कर्प प्रा.लि वीरगंज र स्नेहा मोटो कर्प प्रा.लि चन्द्रनिगाहपुरका बरिष्ठ ब्यवस्थापक  धिरज कर्णले कम्पनीले आफूले खाइपाई आएको सेवा सुविधा नदिएको आरोप लगाउनु भएको छ । 


उहाँले मरी मरी काम गरेको ७ महिनाको तलव र आवास भाडाको रकम रोकेको गुनासो गर्नु भएको हो । बीरगंजका पत्रकारहरुसंग कुरा गर्दै कर्णले कम्पनीले बिना कारण आफूलाई हटाएपनि सेवा सुविधाको रकम नदिएर आफूलाई अन्याय गरेको बताउनु भयो ।

 

उहाँले  कम्पनीले गाडी बिक्रि वापत ग्राहक संग व्याज उठाउन  नसकेको आरोप लगाएर कामबाट हटाएको बताउनुभयो । कर्णले कामबाट हटाए पश्चात कम्पनीबाट आफुले पाउनुपर्ने वक्यौता तलब र अन्य सुबिधा सहित साढे सोह्र लाख नदिएको बताउनु भयो ।

 

कर्णले आफुले पाउनुपर्ने पारिश्रमिक ,तलब सुबिधा ,ईन्सेन्टीभ नदिई कम्पनीले नियमबिपरित हटाएको आरोप लगाउनुभयो । उहाँले आफुले पाउनुपर्ने तलब तथा अन्य सेवा सुबिधा सहित थप छ महिना बराबरको तलब सुबिधा हर्जाना उपलब्ध गराउन माँग गर्नुभयो ।

 

कर्णले कम्पनीले शर्त अनुसारको तलब ,घरभाडा र ईन्सेन्टीभको रकम रोकेर आफुलाई अन्याय गरेको  दुखेसो पोख्नुभयो । उहाँले आफु डाइरेक्टर मुकेश साह संग हिसाब किताब बारे छलफल गर्दा कपनीका जेनरल म्यानेजर रामेश्वर घिमेरेले व्याजको पैसा उठाएर आफनो तलब लिनुस भनी अपमान गरेको समेत बताउनुभयो ।

 

यसैगरी कर्णले कम्पनीका स्पेयर पार्टमा कार्यरत कर्मचारी मुन्ना कुमार कानु र सर्भिसमा कार्यरत मुन्नीलाल साहको पनि तलब सुबिधा ,ईन्सेन्टीभ तथा बिमाको रकम गरी करिब १२ लाख कम्पनीले रोकेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.