logo

शेर्पा र साहको गोदाममा राजस्वको छापा, ५० करोडको अबैध भेप बरामद

 इसीमाना सम्वाददाता     २०८१ पौष २५ गते ०१: ५७ मा प्रकाशित     364   पटक पढिएको

काठमाडौं । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध इलेक्ट्रिक सिगरेट ९भेप० बरामद गरेको छ ।

 विशेष सूचनाका आधारमा इमाडोलमा रहेको गोदाममा उक्त भेप बरामद गरेको विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले बताए । उक्त भेप सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा र शंकास्पद भारतीय नागरिक पवनकुमार साहको रहेको स्रोतले बताएको छ ।

राजस्व अनुसन्धान विभागले छापामारी गरि बरामद गरेको  भेपको बजार मूल्य ५० करोड रुपैयाँसम्म रहेको अनुमान गरेको छ ।  स्रोतका अनुसार गोदाममा बरामद भेप रमेश शेर्पा र पवनकुमार साहकै हो ।

पवनकुमार साह र रमेश शेर्पाले विगत केही बर्षदेखि चीनबाट नेपालका तातोपानी रसुवा हुँदै भेप तस्करी गरी भारतमा बिक्री गर्दैआएका छन् ।

 

 तातोपानी र रसुवामा भन्सार विभाग र राजस्व अनुसन्धानले अनुगमन बढाएपछि उनीहरुले मुस्ताङको कोरलाबाट भेप तस्करी गर्दैआएको सूचना राजस्व अनुसन्धानले पाएपछि निगरानी बढाएको थियो । निगरानीकै क्रममा मंगलबार इमाडोलको गोदाममा छापा मारेको थियो ।


रौतहटको चन्द्रनिगाहपुरबाट नक्कली बाबु बनाई नागरिकता लिएका पवनकुमार साह र रमेश शेर्पाले लामो समयदेखि भेपको तस्करी गर्दैआएका थिए । प्रहरीदेखि भन्सार सबैतिर सेटिङ गरी उनीहरुले भेपको तस्करी गर्ने र भारतमा लाने गरेका थिए । तर यो पटक राजस्वले सूचना पाएपछि उनीहरुको गोदाममै छापा मार्न सफल भएको छ । 


को हुन् पवनकुमार साह ?


पवनकुमार साहले जिल्ला प्रशासन कार्यालय रौतहटबाट नक्कली बाबु बनाएर २०५२ साल मंसिर ७ गते नेपाली नागरिकता लिएको अभिलेखमा देखिन्छ । उनले चन्द्रनिगाहपुर स्थायी ठेगाना राखी लिएको नागरिकता प्रमाण पत्र नम्बर १७२९ रहेको छ । सो नागरिकता प्रयोग गरी उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपीसमेत निकालेको देखिन्छ ।

साहले नक्कली बाबु बनाएर नागरिकता लिएको खुल्ने प्रस्ट आधारहरु देखिने उनी निकट स्रोत दाबी गर्छ । ठूलो परिमाणमा तस्करीका सामान नेपाल हुँदै भारतमा पुर्याउने साहले बीरगंज, रसुवादेखि तातोपानी भन्सारसँग सेटिङ गर्दै आएका छन् । उनले श्रीमतीको नाममा रौतहटदेखि काठमाडौंसम्म अरबौंका जग्गा जमिन जोडेका छन् । 

को हुन् रमेश शेर्पा ?

तातोपानी नाका रहेको भोटेकोशी गाउँपालिका ५ का वडाध्यक्ष श्रेष्ठले तातोपानी भन्सारका तत्कालीन प्रमुख खत्री, सिन्धुपाल्चोकका तत्कालीन सीडीओ उमेश ढकाल र एसपी प्रज्वल महर्जनको अनदेखामा रमेश शेर्पाले सुन धडाधड ल्याउने काम गरेको आरोप पनि लगाएका थिए ।

 

५ बर्षअघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका पूर्व मेयर निमफुन्जो शेर्पाका भान्जा हुन् । उनका बाबु सामान्य ह्यान्डीक्राफ्टको काम गर्थे । बैध, अवैध धन्दाकै कारण दिन दुई गुणा रात चौगुणाका दरले बृद्धि भएर रमेश अहिले अर्बपति भइसकेका छन् । सुन, भेपदेखि सबै खालका तस्करी रमेश शेर्पाले गर्दैआएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.