logo

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा आधुनकि कृषि बजाकरो उद्घाटन, किसानहरु लाभान्वित हुने

 इसीमाना सम्वाददाता     २०८१ फागुन ६ गते १०: २७ मा प्रकाशित     399   पटक पढिएको

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा निर्माण भएको  कृषि बजार तथा चिस्यान केन्द्र भवनको एक कार्यक्रमकावीच मंगलवार  उद्घाटन भएको छ । 


मंगलबार मधेस प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले नवनिर्मित कृषि बजार तथा चिस्यान केन्द्रको उद्घाटन गरेका हुन । 


१ करोड ३० लाखको लागतमाआधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको हो।

किसानका उत्पादन संकलन र बिक्री वितरण तथा भण्डारणका लागि रंगपुरमा १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको हो । 

केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री सिंहले यस बर्ष कार्यसम्पादन मुल्यांकनमा मधेस प्रदेशमै दोस्रो स्थान हासिल गर्न सफल पटेर्वा सुगौली गाँउपालिकालाई आगामी बर्षमा पहिलो बन्ने गरि काम गर्न सुझाव दिए।

 

पटेर्वा सुगौली गाँउपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,सडक पूर्वाधार विकास लगायतमा उदाहरणीय काम गरिरहेको उनले बताए।मधेस प्रदेशलाई कृषि बीउबिजनको उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर आफ्नो मन्त्रालयले काम गरिरहेको उनले सुनाए।


संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र गाँउपालिकाको गरी कूल १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले बताए ।

 

आधुनिक कृषि बजारमा किसानले उत्पादन गर्ने तरकारी संकलन र बिक्रीवितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, एउटा शौचालय र कम्पाउन्ड वाल निर्माण गरिएको छ ।

 

यस्तै किसानका तरकारी भण्डारणका लागि कृषि बजार परिसरमै १९ लाख १९ हजार रुपैयाँको लागतमा मिनिकोल्ड स्टोर(चिस्यान केन्द्र)पनि निर्माण गरिएको वडा नं २ का वडाध्यक्ष बिजय गैरेले जानकारी दिए । चिस्यान केन्द्रको क्षमता १ मेट्रीक टन रहेको छ। 

ब‌ैशाख १९ गते शिलान्यास गरेर निर्माण कार्य सुरु गरिएको कृषि बजार तथा चिस्यान केन्द्र भवनको निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनिसंग सम्झौता गरिएको थियो ।तर सम्झौतामा उल्लेख गरिएको समयावधि भन्दा ५ महिना अगावै केन्द्र भवनको निर्माण कार्य सम्पन्न भएको हो।


गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा   उपाध्यक्ष ममता महतो थारु, प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्राण मेहता,वडाध्यक्षहरु विजय गैरे,माधव राकांग्रेसका क्षेत्रीय सभापति श्रीकिसुन चौहान,गिरीराज कँडेल लगायतको  उपस्थिती थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.