logo

स्रोत नखुलेको  ३२ लाख ३५ हजार रुपैयाँसहित  एक भारतीय नागरिक पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १४ गते ०९: ४३ मा प्रकाशित     352   पटक पढिएको

मलंगवा । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौनाबाट स्रोत नखुलेको ३२ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भुकुमार साह रहेका छन् ।

 

उनलाई आज बिहान ७ बजेतिर खुटौना नाका भएर भारतबाट बीआर ०६ सिटी २४२२ नम्वरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक  रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

 

एसपी सिंहका अनुसार साहको साथबाट स्रोत खुलाउन नसकेको ३२ लाख ३५ हजार ४४० नेपाली रुपियाँ र दुुई हजार १४० भारतीय रुपियाँ बरामद भएको छ । साह हुण्डी कारोवारमा संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ ।

 

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । सर्लाहीसहित तराईका सीमा नाकामा यसरी बारम्बार स्रोत नखुलेको रकमसहित मानिस पक्राउ पर्ने गरेका छन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

कृषिमा आधारित लघु उद्यमहरूलाई  सहुलियत दिन मन्त्रालय तयार  छः कृषि मन्त्री क्षेत्री

वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले माछा उत्पादनका साथै धान उत्पादनमा मधेश प्रदेश मुलुकमै अग्रणी स्थानमा रहेको बताए ।

वरहथवा बहु सरोकारवाला मञ्चको नगर संयोजकमा कार्की चयन

सर्लाही  ।   बहु सरोकारवाला मञ्च  वरहथवाको नगर स्तरीय नयाँ  समिति गठन भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.