logo

वीरगंजमा आतिशबाजी ,पटाका  र डिजे बजाउन  प्रतिबन्ध

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १७ गते ०४: ३७ मा प्रकाशित     161   पटक पढिएको

वीरगंज वीरगंजमा बिहे ,  ब्रतबन्ध , पार्टी उत्सब तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न तथा पटाका फोर्न पूर्ण रूपमा बन्देज लगाइएको छ । 


बुधवार  जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरु संगको बैठकले यस्तो निर्णय लिएको   होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले बताए ।  

May be an image of 4 people, people studying, chess, table and text

बैठकमा जिल्लाका प्रहरी प्रमुख गौतम मिश्र , सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमाल सहित  वीरगंजमा संचालित पार्टी प्यालेसहरुका संचालक  एबम प्रबन्धकहरुको  सहभागिता रहेको अध्यक्ष पन्तले बताए ।

 

बैठकले जिल्लामा हुने ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै   डिजेलाई पनि अब क्रमश निरुत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

 उनले हाल लाई डिजे राति  १० बजे पछि पुर्णरूपमा  रूपमा  निषेध गर्ने सहमति भएको र तुरुन्तै अन्य सरोकारवालाहरुसंग पनि बैठक बसेर डिजेलाइ  पर्सा जिल्लामा पुर्ण रूपमा प्रतिबन्ध  गरिने  बताए ।

 

 जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबैले अक्षरश पालना गर्नु पर्ने र त्यसो नभए उलंघन गर्नेलाइ कारवाीहको दायरामा ल्याउने बताए ।

 

त्यसै गरि सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सीमाबाट नियम बिपरित भित्रिने डिजेका उपकरण  ,पटाका एवं  आतिसबाजीजन्य पदार्थहरुमा कडाइका साथ चेक जांच गरिने बताए ।

 बैठकमा होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले पार्टी प्यालेस बूक हुँदा प्रायः अग्रिम बुकिङ हुने हुँदा अधिकांश बुकिङ  डिजे सहितनै बुक भएकोले अहिले नै डिजेलाई तुरुन्तै पुर्णरूपमा बन्द गर्ने अबस्था नरहेकोले यसको लागि केही समय मागिएको र सोही बमोजिम हाललाई पार्टीहल भित्र १० बजे पछि मात्र  डिजे  निषेध गरिने बताए।

उक्त बैठकमा संघका महासचिव माधब बस्नेत   आन्तरिक राजस्व कार्यालय पर्साका करअधिकृत , पर्यटन कार्यालय पर्साका प्रमुख लगायत पार्टी प्यालेसका संचालकहरुको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

सडक “सेन्टर”बाट पच्चीस मिटर भत्काउन प्रक्रिया शुरु, डिभिजनले सडकसीमा नाप्न नापीलाई लेख्यो पत्र

वीरगंज ।सडक डिभिजन कार्यालय हेटौडाले नापी कार्यालय हेटौडालाई सडकको सीमाङ्कन गरिदिनकालागि पत्र लेखेको छ ।त्रिभूवन राजपथको रातमाटे देखी बुद्धचोक र महेन्द्रराज पथको बुद्धचोक देखी राप्तीपुल सम्मको सडकको सीमा नाप जाँच गर्नकालागि कार्यालयले बैशाख ११ गते नै पत्राचार गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.