logo

वीरगंजमा बेकरी उद्योगको अनुगमन सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ जेठ ९ गते ०७: ०९ मा प्रकाशित     1678   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूको अनुगमन शुरु गरेको छ ।

 

शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधि तथा गुण नियन्त्रण र वातावरण शाखाबाट खटिएको टोलीले वीरगंजको रानीघाट क्षेत्रमा रहेका बेकरी उद्योगहरूको अनुगमन गरेको हो।

 

निरीक्षण टोलीले रानीघाटस्थित शीला बेकरी र गीता बेकरीको  उत्पादन प्रक्रिया, सरसफाइ अवस्था, कच्चा पदार्थको भण्डारण तथा प्याकेजिङ प्रणालीको अनुगमन गरेको थियो।

 

महाानगरका वातावरण शाखा प्रमुख प्रकाश ऐरका अनुसार दुवै बेकरीमा उत्पादन स्थलको सरसफाइ सन्तोषजनक नभएको पाइएको बताए। 

 

उनका अनुसार उत्पादन स्थलमा देखिएको सरसफाइको लापरवाहीलाई गम्भीरतापूर्वक लिइएको  र सम्बन्धित उद्योगहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको ऐरले बताए । 

 

टोलीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, तयार पारिएका सामग्री, प्याकेजिङ प्रणाली, भण्डारणको तरिका र सम्पूर्ण कार्यस्थलको सरसफाइ अवस्था जाँच गरेको थियो।

 

 निरीक्षणपछि दुबै उद्योगलाई खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी मापदण्डको पूर्ण पालना गर्न लिखित रूपमा निर्देशन दिइएको बताए।

उपभोक्तालाई सुरक्षित खाद्य अधिकार सुनिश्चित गर्न महानगरले नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.