वीरगंज । वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा चालु आर्थिक वर्षको १० मा संकलीत राजस्व लक्ष्य भन्दा कम रहेको छ ।
चालु आर्थिक वर्षको यो दश महिनामा सुख्खा बन्दरगाह भन्सारले ४१ अर्व १८ करोड ११ लाख ३८ हजार रुपैया राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको तुलनामा एक अर्ब १४ करोड २८ लाख रुपैया बढी राजस्व सङ्कलन गरेको भएपनि चालु आर्थिक वर्षको लष्क्ष भने पुरा गर्न भन्सार असफल भएको छ ।
कार्यालयले संकलन गरेको राजस्व लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत हो ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
तपाईको प्रतिक्रिया