logo

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

 इसीमाना सम्बाददाता     २०८२ असार ३ गते ०३: २२ मा प्रकाशित     1173   पटक पढिएको

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत (आठौँ तह) कमलराज गौतमविरुद्ध मंगलवार विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । 


०५५ साल वैशाखदेखि सेवामा प्रवेश गरेका गौतमले ०७९ चैतसम्म पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, सञ्चय कोष, कृषि, घरभाडा लगायतमार्फत् दुई करोड ८९ लाख आम्दानी गरेकोमा सोही अवधिभित्र पाँच करोड ४० लाखभन्दा बढी खर्च गरेको अख्तियारले जनाएको छ ।

 

गौतमले दुई करोड ५१ लाखभन्दा बढी गैरकानुनी ढंगबाट आर्जन गरेको ठहरसहित सोही बराबरको विगो पनि मागदावी गरिएको छ । 

सरकारी कर्मचारीले वार्षिक रुपमा पेश गर्दै आएको सम्पति विवरणमा समेत गौतमले गलत तथ्यांक राखेको अरोप पत्रमा उल्लेख छ । उनले सम्पतिको आधा हिस्सा श्रीमतीको नाममा राखेको पाइएकोले जफत प्रयोजनको लागि सरला नेपाललाई पनि प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।


गौतमलाई भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १६ को उपदफा ९२० बमोजिमको कसूरमा कैद सजाय माग गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.