logo

आर्थिक पत्रकारिता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ असार १२ गते ०५: २३ मा प्रकाशित     1230   पटक पढिएको

वीरगंज । नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा एक दिने अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ ।

 

बिशेष गरि आर्थिक विषयमा कलम चलाउने पत्रकारहरूका लागि लक्षित एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रम वीरगञ्जस्थित क्लासिक होटेलमा आयोजना गरिएको हो।

 

कार्यक्रमको नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले  ब्यानर पढेर  औपचारिक शुभारम्भ गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष  ओमप्रकाश खनालको अध्यक्षता रहेको थियो। 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष  श्याम बन्जारा, नेपाल धितोपत्र बोर्डका प्रतिनिधि नारायण प्रसाद, मिलन मगर,  विनोद महर्जनलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

 

उक्त कार्यक्रममा वीरगञ्जका विभिन्न सञ्चारमाध्यममा संलग्न आर्थिक पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

 सहभागीहरूलाई पूँजी बजारको संरचना, कार्यप्रणाली, नियमन प्रणाली, लगानी सुरक्षाका उपायहरू, तथा बजार विश्लेषणसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

 

नेपाल धितोपत्र बोर्डका प्रतिनिधिहरूले नेपालको पूँजी बजारको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाबारे प्रस्तुति दिएका थिए।

 

साथै, पूँजी बजारसम्बन्धी समाचार लेख्दा ध्यान दिनुपर्ने तथ्यहरू, स्रोतको विश्वसनीयता तथा सूचना सत्यापन प्रक्रिया सम्बन्धी विषयमा समेत सहभागीहरूलाई अवगत गराइएको थियो।

 

कार्यक्रमको समापनमा सहभागी पत्रकारहरूले यस्ता प्रशिक्षणहरूले आर्थिक पत्रकारितामा गहिरो ज्ञान र व्यावसायिकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा अझ व्यवहारिक तथा क्षेत्रीयस्तरमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिनुपर्ने अपेक्षा व्यक्त गरेका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.