logo

अर्थमन्त्री वाग्लेलाई दायाँपट्टी राखेर के भने ? वीरगंज उधोग वाािण्ज्य संघ अध्यक्ष गौतमले

 इसीमाना सम्वाददाता     २०८२ चैत २० गते ०७: ०४ मा प्रकाशित     61   पटक पढिएको

वीरगंज । अर्थमन्त्री स्वर्णीम बाग्लेले पदभार ग्रहण गर्दै गर्दा राजस्व बिभाग, १५ वटा ऐन खारेज गरेको र उधोगाी जेल बस्न नपर्ने घोषण गरेकामा वीरगंज उधोगा वाणिज्य संघले आभार प्रकट गरेको छ ।

 

 अर्थमन्त्री वाग्लेको उपस्थितिमा आर्थिक वर्ष ०८३/०८४ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रम मार्फत संघले आभार प्रकट गरेको हो ।


संघका तर्फबाट अध्यक्ष हरि गौतमले  मुलुकमा आम्दानी र खर्चको अनुपात नमिलेको र पूंजीगत खर्चकालागि रकम अभाव देखिएको चर्चा गर्दै अथमन्त्री वाग्लेलाई कठोर सुधारका कार्यक्रम ल्याएर त्यसलाई निर्ममतापूर्वक लागु गर्न सुझाव दिए । 

 


उनले मोफसललाई बिशेष सुविधा दिन माँग गर्दै २५ वर्षे दीर्घकालीन आर्थिक नीति  आवश्यक रहेको बताए ।

 

उधोग क्षेत्रको बिकास गर्ने नै हो भने औधोगिक करिडोर सम्बन्धी ऐन कार्यान्वयन गर्नु पर्ने र उधारो उठाउने सम्बन्धी ऐन बनाउनु पर्नेमा जोड दिए ।

 

उनले भने उधोगी ब्यापारी इमानका साथ सामान आपूर्ती गर्ने तर सामान लानेले बेइमानका साथ उधोरो चुक्ता नगर्ने प्रवृतिका कारण धेरै उधोगीहरु समस्यामा रहेको चित्रण  गरेका थिए ।

 

उधारो दिनेहरु नै कमजोर हुनु पर्ने जुन अवस्था छ त्यही अवस्था रहरिहने भने  कसले काम गर्न सक्छ र अर्थमन्त्री ज्यू भन्दै भावुकता पूर्वक उनले प्रश्न गरेका थिए ।

 

उनले वीरगंजका उधोगी ब्यवसायी र संचारकर्मीलाई साक्षी राखेर अर्थमन्त्री सहित अर्थमन्त्रालयको उच्चपदस्थ नेतृत्वको टोलीलाई भने सीमा क्षेत्रमा २२ लाख नागरिक अनधिकृत कारोवारमा रोजगारी पाएर बसेका छन, प्रहरी प्रशासनले चोरी तस्करी नियन्त्रण गर्न चाहेर पनि सक्ने अवस्था छैन नीतिगत रुपमा यसलाई सम्बोधन गरिनु पर्छ ।

 

उनले  जिएसटी र ढुवानी खर्च, भंसार महशुल र भ्याट राखेर सत प्रतिशत मिलाईदिएको दिनमा चोरी आफै सकिने सुत्र समेत सुझाए ।

 

उनले भने यसो गर्दा भन्सारमा अहिले भइरहेको झन्झट चाही हुनु हुदैन झन्झट भए चोरी गर्छौ त्यही सहज हुन्छ ।  

 

उनले ऐनहरुमा जाहा निजीक्षेत्र मैत्री प्रावधानहरु छैनन त्यसलाई हटाउनु पर्ने बताए । भन्सार ऐनमा समय सापेक्ष परिमार्जन आवश्यक रहेको अध्यक्ष गौतमले औल्याए ।

 

उनले कच्चा पदार्थ र तयारी बस्तुको आयातमा लाग्ने करमा कम्तीमा १ तहको फरक हुनु पर्नेमा जोड दिए ।उनले बस्तु आयात गर्दा त्यसको गुणस्तरीयता  जाँचकालागि वीरगंजमा स्तरीय ल्याव नभएको र परिक्षणकालागि काठमाण्डौ जानु पर्दा लागत बढ्ने बिषय उठाउदै वीरगंजमै अत्याधुनिक ल्याव निर्माणको माँग राखे ।

 

अध्यक्ष गौतमले भन्सार पेनाल्टी हटाउनु पर्ने फूल अडितको नाममा बार्गेनिङ भइरहेको बताउदै त्यसमा सुधार आवश्यक रहेको बताए ।उनले औधोगिक सम्पतीमा स्थानीय सरकारले  बिभिन्न नाममा गुणडगर्दी पारामा करहरु लगाएर  दुःख दिइरहेकोमा अर्थमन्त्री समक्ष आक्रोशयुक्त गुनासो राखे ।

 

उनले भारतीय पर्यटकलाई पाँच किलोमिटरमा पाँच ठाउँमा चेकजाँच गरिने प्रवृति पैसा उठानकालागि मात्र भएको बताए  ।उनले यो काम रोकिनु पर्नेमा जोड दिए ।

 

श्रमऐन उधोगी बिरोधी भएको चर्चा गर्दै अध्यक्ष गौतमले श्रम ऐनका कारण एउटा लफूवाले आएर धम्की दिन्छ र उधोगी डराएर बस्नु पर्ने अवस्था छ भन्दै डरमा बस्ने मान्छेले कसरी लगानी गर्छ भन्दै प्रश्न गरे ।

 

उनले सरकारले उधोग कर लिने तर गुणत्मक बिजुली नदिने गजवको प्रवृति रहेको बताए ।

 

अध्यक्ष गौतमले बिदा कटौती हुनु पर्ने प्रस्ताव समेत राखे । नेपालमा औधोगिक क्षेत्रमा ३८ दिनको बिदा दिइदै आएको छ । कार्यक्रमको संचालन संघका महासचिव शिवजी कल्वारले गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.