logo

त्रिभूवन राजपथको वीरगंज सडकखण्डका  प्रभावित पीडितहरुको प्रर्दशन, क्षतीपूर्ती दिन माँग

 इसीमाना सम्वाददाता     २०८३ बैशाख ११ गते ०४: ४८ मा प्रकाशित     683   पटक पढिएको

वीरगञ्ज । त्रिभूवन राजपथको राइट अफ वे खाली गराउदा प्रभावित भएका स्थानीयले क्षतपूर्तीको माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन ।

 

उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन ।

 

उनीहरुले सडक विस्तारका नाममा गरिएको घर तोडफोडप्रति आपत्ति जनाउदै राज्यले पुर्याएको क्षतीको समेत  उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

 

उनीहरुले  वीरगञ्ज बचाउ संघर्ष समिति बनाएर प्रभावितहरुको हितमा ज्ञापन बुझाएका हुन। समितिले  निकालिएको विरोध जुलुस नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो।

 

 प्रदर्शनकारीहरूले “२०७२ को निर्णय कायम गर”, “सुकुम्बासी बनाउन पाइँदैन” र “महानगरपालिका मुर्दावाद” जस्ता नारा लगाउँदै उचित मुआब्जाको माग गरेका थिए।

 

समितिका अध्यक्ष जवाहर गुप्ता पीडितहरूको समस्या तत्काल सम्बोधन गर्न र विगतका निर्णय कार्यान्वयन गर्न सरकारसँग माँग गरेका छन । साथै, माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनीसमेत दिएका छन।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.