logo

भरतपुर अस्पताल सरकारको प्राथमिकता

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्रि तारामान गुरुङले भरतपुर अस्पतालको सेवालाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।

4/7/2017

आनोद हत्या काण्ड दबाउन नेपाल प्रहरी अग्रसर

 पर्साको विश्रामपुर निवासी आनोद साह कलवारको अपहरण, शरीर बन्धक तथा हत्याका मामिला दबाउन नेपाल प्रहरी अग्रसर रहेको तथ्य प्रहरीकै गतिविधीले देखाएको छ ।

4/7/2017

मालपोत पर्सामा अनलाइन सेवा सुरु

मालपोत कार्यालय पर्सामा शुक्रबारदेखि अनलाइन सेवा सुरु भएको छ ।

4/7/2017

चुनावका लागि सरकारले भारतसँग माग्यो ५ सय गाडी

स्थानीय तह निर्वाचनका लागि सरकारले भारसँग ५ सय सवारीसाधन अनुदानमा मागेको छ ।

4/6/2017

विनोद रौनियारले काँग्रेस छाडे

 नेपाली काँग्रेस पर्साका जुझारु कार्यकर्ता विनोद रौनियारले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

4/6/2017

धनुषामा फेरि नापीका कर्मचारी घुससहित समातिए 

जनकपुर २२ चैत – दुई दिन नबित्दै धनुषामा अख्तियारको टोलीले फेरि नापीकै एक कर्मचारीलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

4/4/2017

आर्थिक क्षेत्रका समस्या समाधान गर्न तयार छुः अर्थमंत्री

अर्थमंत्री कृष्ण बहादुर महराले आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनु भएको छ ।

4/4/2017

सदभावनाबाट निकालिए पटेल र यादव

राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी पर्साले सचिव धर्मेन्द्र पटेललाई पार्टीको साधारण सदस्य नरहने गरि पार्टीबाट निष्काशन गरेको छ । त्यस्तै उपाध्यक्ष ईश्वर यादवलाई उपाध्यक्ष पदबाट मुक्त गरेको छ ।

4/4/2017

एमालेको अराजकताले समस्या बल्झायोः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफनो पार्टीले मधेशी जनताको पक्षमा आवाज उठाउदै आएको बताएका छन । बीरगंजमा नेपाली कांग्रेस पर्साको क्षेत्र नं १को क्षेत्रीय सम्मेलनको उद्धघाटन गर्दै उनले मधेशी मोर्चाले उठाएका कतिपय माग प्रति आफनो पार्टीको समेत सकारात्मक दृष्टिकोण रहेको बताए  ।

4/4/2017

सम्बिधान कार्यान्वयनकालागि स्थानीय चुनाव आवश्यकःनेता राई

स्थानीय निर्वाचनको घोषणसंगै बारा जिल्लाका  १५ बटा स्थानिय तह नेकपा एमाले बाराले संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।

4/4/2017

सत्ता होइन अव चुनावमा जान्छौ ः अध्यक्ष गच्छदार

काठमाडौं ,२२ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष बिजय कुमार गच्छदारले आफ्नो पार्टी स्थानीय चुनावमा जाने बताएका छन ।

4/4/2017

बाबुरामको पार्टीमा निरन्तर बिद्रोह

काठमाडौँ २१ चैत। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बीच एकता हुने निश्चित भएपछी नयाँ शक्तिका बरिष्ठ नेताहरु असन्तुष्ट बनेका छन् । लामो समय पसिना बगाएको तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गरी वैकल्पिक राजनीतिक शक्तीका रुपमा नयाँ शक्ती पार्टी बनाएका पुर्वप्रधानमन्त्री डा.भट्टराई जातीवादी तथा क्षेत्रियतावादी दलसंग विलय हुन लागेको भन्दै नेता देवेन्द्र पौडेल नेतृत्वको समुह असन्तुष्ट बनेको हो ।

4/3/2017

एमालेले बैशाख १२ भित्र सबै उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौ २१ चैत। नेकपा एमालले आफना तल्ला कमिटीहरुलाई उम्मेदवारको नाम सिफारिश गरेर पठाउन निर्देशन दिएको छ । त्यसको लागि नेकपा एमालले चैत ३० गते सम्मको सीमा तोकेको छ । ३० गते सम्म गाउँपालिका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ ।

4/3/2017

सडक माथिबाट माटोको ढिस्को खस्दा गाडी पुरिए

भरतपुर २१ चैत्र । नारायाणघाट–मुग्लिन सडक खण्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट माटोको ढिस्को अचानक खस्दा गाडीहरु पुरिएका छन् । ढिस्को झर्दा  एकजनाको मृत्यु भएको छ भने एउटा जीप, ट्यांकर, ट्रक र दुईवटा बाइक पुरेको मुग्लिन प्रहरीले जनाएको छ । बिहान १० बजेतिर सडक माथिबाट ठूलो ढिस्को झरेको थियो । प्रहरीका अनुसार अहिले मुग्लिन तर्फबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ ।

4/3/2017

भलुहीमा एमालेको भब्य भेला 

जीतपुर २१ चैत जीतपुर सिमरा उप महानगरपालिका वडा न २३ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ। रामक्षेत्री पटेल को अध्यक्षता मा भएको भेला लाई संबोधन गर्दै सभासद नेजमा आलमले जनता को दुःख सुख मा एमालेले साथ दिएको हुनाले यसपली को चुनाव मा जनताले एमाले लाई नै साथ दिने विश्वास ब्यक्त गरिन।

4/3/2017

प्रेषण कार्यक्रमको बजेट आउँछ–फिर्ता जान्छ

सुषमा शर्मा वीरगंज, २० चैत । सरकारले गरीब, विपन्नवर्गका लागि ल्याएको प्रेषण कार्यक्रमबारे पर्सा जिल्लामा  सरोकारवाला सबै अनभिज्ञ रहेकाले विगत नौ वर्षदेखि यो कार्यक्रमका लागि आउने बजेट त्यत्तिकै छ ।

4/2/2017

निर्वाचन परिचालनकालागि एमालेले बनायो जम्बो कमिटी

बारा २० चैत्र ।    बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन परिचालन गर्नकालागि नेकपा एमाले बाराले अध्यक्ष सुन्दर बिश्वकर्माको १५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बारामा आज सम्पन्न जिल्ला कमिटीको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 

4/2/2017

अंगिकृतलाई महत्वपूर्ण पद दिन मिल्दैनः नेता डा.कोइराला

    अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने कसैलाई देशको संवेदनशिल पदमा लान  नमिल्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले बताएका छन् । निर्वाचन नजिकिदै गर्दा पार्टीलाई पर्सामा पनि अलि चलाएमान बनाउन वीरगन्ज झरेका नेता कोइरालाले नेपाल प्रेस युनियनका पूर्व सभापति काशीनाथ यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘मुलुकको संबेदनशिल चार पदमा अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने कसैलाई लान मिल्दैन’ उनले भने ।

4/2/2017

मधेशवादी दलकै गलत क्रियाकलापका कारण अधिकार पाउन ढिलाईः प्रवक्ता श्रीवास्तव

वीरगन्ज,१९ चैत । तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता बिमल श्रीवास्तवले  मधेसवादी दलकै गलत क्रियाकलापका कारण मधेसीले अधिकार पाउन ढिलाई भएको धारणा व्यक्त गरे । उनले  मधेसीको  मुक्तीको नाममा खोलिएको पार्टीलाई केही मधेसवादी दलका नेताले आफनो स्वार्थ पुर्तीकालागि राष्ट्रिय बनाउने सपान देखेको टिप्पण गर्दै श्रीवास्तवले त्यस्ता  दलहरुलार्इ आउने निर्वाचनमा मधेसी जनताले आफनो मताधिकारबाट  तह लगाउनु पर्ने सुझाए । 

4/1/2017

लायन्स क्लबद्वारा बिभिन्न कार्यक्रमको आयोजना

वीरगंज  १९चैत्र स्वच्छ, सफा र हराभरा  वीरगंज अभियान अन्र्तगत  लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले आज वीरगंज भंसार क्षेत्रमा रहेको केडिया डेन्टल कलेजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका लायन विजय कुशवाहाको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन् ।

4/1/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.