logo

एनसेल प्रयोग नगर्न अखिलको आग्रह

काठमाडौँ, १२ चैत । पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न अनेरास्ववियुले आग्रह गरेको छ ।  अनेरास्ववियुले नेकपा ९एमाले०का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल प्रयोग नगर्न आग्रह गरेको हो ।

3/25/2017

माझी बचाऔ अभियानमा सहभागी बन्न अभियान्ताहरुको अपिल

बीरगंज ११ चैत ।  एबडोमिनल एब्सट्रक्सनबाट पीडित भई उपचार गराई रहेका सिकेन्द्र माझिलाई आर्थीक सहयोग प्राप्त भइरहेको छ । उनको स्वासथ्य अवस्थामा सुधार आइरहेको  उनको उपचारकोलागि अर्थ संकलनको अभियान संचालन गर्ने अभियान्ता प्रकाश थारुले बताए । बीरगंजको नेशनल मेडिकल क्लेजमा उपचार गराई रहेका सिकेन्द्र माझी आन्द्रा फूटेर शरीर भरि संक्रमणबाट पीडित छन ।

3/24/2017

७० केजी गाँजा सहित ३ भारतीय पक्राउ

हेटौँडा,१० चैत्र मकवानपुर प्रहरीले लागू औषध गाँजा सहित ३ जना भारतियलाई पक्राउ गरेको छ । बुधबार साँझ प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसे चेकपोष्टबाट ७० केजी गाँजा ओ आर ५ एन ४६३६ नम्बरको भारतिय टाटा सुमो सहित भारत बिहार मुजफ्पुर बस्ने ३० बर्षिय, रञ्जनकुमार सिंह, २८ बर्षिय राहुल कुमार सिंह र भारत मोतिहारी बस्ने ३० बर्षिय सुबास रामलाई पक्राउ गरेको हो ।

3/23/2017

एमालेले तोक्यो उम्मेदवार छनौटका ७ मापदण्ड  

​काठमाडौं, १० चैत– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारको मापदण्ड तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बिहीवार बसेको स्थायी समिति बैठकले उम्मेदवार छनौटको मापदण्ड पारित गरेको हो । 

3/23/2017

धोवीनीमा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न 

बीरगंज १० चैत ।नेकपा एमालेको धोवीनीमा आज भेला सम्पन्न भएको छ । पर्सा क्षेत्र नं ५ का सभासद जय प्रकाश गुप्ताको अध्यक्षतामा भएको भेलामा पार्टीका पोलिट ब्यूरो सदस्य नागेन्द्र चौधरीले नेपालका उत्पीडित जनताको हितमा एमाले दशकौ देखी लडदै आएको बताए ।

3/23/2017

अनलाईन निर्देशिका फिर्ता लिन महासंघको मांग

काठमाडौं १० चैत । नेपाल पत्रकार महासंघले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा सरकारले नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति जनाएको छ । निर्देशिका तत्काल फिर्ता नलिए विरोधका कार्यक्रम गरिने महासंघले चेतावनी दिएको छ ।

3/23/2017

दल दर्तामा कांग्रेस–एमालेभन्दा मधेसी दल अगाडि

स्थानीय तहको निर्वाचनका लागि पर्सा जिल्लाका मधेसकेन्द्रित दलहरूले एमाले, कांग्रेसभन्दा पहिले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । तिनै दलका नेताले मधेसी जनतालाई भने मधेसकेन्द्रित राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग नलिने  भनिरहेका छन् ।

3/23/2017

मेरी आमा (फोटो फिचर)

कथा तथा तस्विर: पंकज श्रेष्ठ

3/23/2017

उम्मेदवारका आकांक्षीहरु सक्रिय, जनजनमा बहस

स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा सुवर्णपुर गाउँपालिकाको उम्मेदवारहरूबारे बहस शुरु भएको छ । सुवर्णपुर गाउँपालिकामा साबिकका ठोरी, निर्मलबस्ती, सुवर्णपुर, सेढवा तथा महादेवपट्टी गरी ५ गाविस समावेश छन् ।

3/22/2017

नाला तथा सडक निर्माणकार्य सुरु

वीरगञ्ज, ९ चैत : पर्सा क्षेत्र नं ३ अन्तर्गत फुलकौल गाउँमा ४० लाखको लागतमा नाला तथा सडक निर्माणकार्य बुधबार देखि शुरू भएको छ । सांसद राजकुमार गुप्ताले बुधबार एक कार्यक्रमका बीच नाला तथा सडक निर्माणको शिलान्यास गरेका छन् । संसदिय बिकाश पूर्वाधार कार्यक्रम अन्तर्गत उक्त निर्माण कार्य शुरू भएको हो । आज सम्पन शिलान्यास कार्यक्रममा नेकपा एमालेका नेता प्रभु हजरा, ध्रुव कुशवाहा, लगायतको उपिस्थती रहेको थियो ।

3/22/2017

चुनावमा सेना परिचालनकालागि सुरक्षा परिषदको सिफारिश

काठमाण्डौ ९ चैत । स्थानीय तहको चुनावको लागि नेपाली सेना खटाउन सुरक्षा परिषद्को बैठकले सिफारिश गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनमा सेनालाई मनोवैज्ञानिक सुरक्षाको लागि परिचालन गर्न सिफारिश गरेको हो ।

3/22/2017

भन्सार क्षेत्रमा प्रहरीको छापा आठ जना नियन्त्रणमा 

वीरगंज, ९ चैत वीरगंज भन्सार क्षेत्रमा प्रहरीले आज दिउँसो छापामारी गरि अबैध देहव्यापारमा संलग्न ८ जनालाइ पक्राउ गरेको छ । भन्सार क्षेत्रमा रहेक झुपडिमा अबैध रूपमा यौन व्यवसाय हुने गरेको सूचनाको आधारमा  वडा प्रहरी कार्यालय विर्ताको टोलिले छापामारी गरेको हो । 

3/22/2017

कुल बहादुरकै हवी भयो जय बहादुरको 

बीरगंज, ९ चैत । कुल बाहादुर खड्काको नियती भोगे प्रहरी प्रमुख जयबहादुर चन्दले । अनि प्रधानमंत्री छन उनै प्रचण्ड । पुष्पकमल दाहाल नेतृत्वकै सरकारले ०६५ सालमा कुलबहादुरलाई सेनापति नियुक्तिको पत्र थमायो तर त्यो कार्यानवयन हुन सकेन ।

3/22/2017

 पेट्रोल खाएर नवलपरासीमा एक बालीकाको मृत्यु 

वलपरासी । नवलपरासी जिल्लको सरावल गाँउपालिका वडा नम्बर ४ ललितपुरमा आज एक बालिकाको मृत्यु भएको छ । साबिकको बडहरा दुबौलिया गाविस वडा नम्बर ३ का सिद्दिक कुजडाको नातिनी ३ वषिैया रोजिना कुजडाको मृत्यु भएको हो । कुजडाले घरमा खेल्ने क्रममा पेट्रोल खाएकोले आज दिँउसो मृत्यु भएको प्रहरी चौकी गोबरहिंयाले जनाएको छ ।

3/22/2017

सर्वोच्चद्धारा चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय बदर

काठमाण्डौ ८ चैत सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आइजी) बनाउने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने सरकारको निर्णय बदर गरेको छ । साथै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ ।

3/21/2017

काठ महासंघको कार्यालयमै छ ः अध्यक्ष उपाध्याय

कलैया,८ चैत ।  नेपाल पत्रकार महासंघ बारा शाखाको हवला दिएर केही राष्ट्रिय तथा स्थानीय संचारमाध्याममा काठ तस्करी गर्न खोजिएको भन्ने भ्रामक समाचार प्रकाशित भएकोमा नेपाल पत्रकार महासंघ बारा शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।      मंगलबार नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले एक प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ सबै पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउने गरी संस्थाकै साधारण सदस्यहरुबाट समाचार लेख्ने र समाचार प्रकाशित गर्ने कार्य गरिदा पत्रकार महासंघ र बाराका पत्रकारहरुको ब्यवसायिक मर्यादामाथ ठूलो धावा बोल्ने कार्य भएको उल्लेख गरेका छन ।

3/21/2017

एमाले दुई नम्बर प्रदेशमा अझै प्रभावकारी भएर जान्छ : ओली

काठमाडौं, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा एमाले अझ प्रभावकारी रुपमा जाने बताएका छन् । पार्टीले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा स्वयम्सेवक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, साँस्कृतिककर्मीलगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई नम्बर प्रदेशमा एमाले अझै प्रभावकारी भएर जाने घोषणा गरे । ‘निर्वाचनको वातावरण बनाउन, एमालेविरुद्ध छरिएका भ्रमहरु चिर्न दुई नम्बरमा एमाले अझ प्रभावकारी भएर जान्छ’ उनले भने ः ‘पस्न दिन्न भन्ने कुरा मान्य र स्वीकार्य हुन सक्दैन् ।’

3/21/2017

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन रोकिने

चितवन, ८ चैत । वर्षातको समयअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन छ घन्टा रोकिने भएको छ । बिहान १० : ३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकामा प्रभावकारी ढङ्गबाट काम हुन नसकेपछि चैत १५ गतेदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियरका अनुसार सडक आवागमन ६ घन्टा रोकेर काम थालेपछि चार घन्टा काम गर्न पाइने छ । स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै भित्तो काट्ने लगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न लागिएको बताइएको छ । सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी आवागमन गर्छन् ।

3/21/2017

बिद्यार्थी कुटने प्रअ र शिक्षकले माफी मागे

वीरगंज ७ चैत्र । बीरगंजको मुर्ली स्थित विद्यासदन मा.वि.का प्रिन्सिपलले कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई चरमयातना दिएको भन्दै आज विहान अभिभावकहरुले प्रदर्शन गरेपछि विद्यालय क्षेत्रमा तनाव सृजना भएको छ । सो विद्यलायको कक्षा ८ मा अध्ययनरत.....

3/20/2017

जिल्ला प्रशासन बिरुद्ध अन्तरकालीन आदेश

बीरगंज ७ चैत । नारायणी यातायात बस ब्यवसायी संघको कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय पर्साले पटके बिघठन गरेपछि सम्मानीत अदालतले उसको निर्णयलाई उल्ट्याई दिएको छ ।

3/20/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.