logo

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा १६ औं वार्षिकोत्सव 

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा १६ औं वार्षिकोत्सव 

      1/29/2017 गते 00 00 मा प्रकाशित     1866   पटक पढिएको

वीरगंज १५ माघ

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आफनो १६ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । कलेज परिसरमा भएको एक विशेष समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, वीरगंज स्थित भारतिय महावाणिज्य दुतावासका महावाणिज्य दुत बि.सि. प्रधान, सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयाका प्रमुख डिआइजी बाबुराम पाण्डे, बरख गण वीरगंजका प्रमुख सेनानी नारायण बहादुर थापा, अंचल प्रहरी कार्यालय वीरगंजका प्रहरी बरिष्ठ उपरिक्षक नारायण सिंह खडका,  पर्साका प्रहरी उपरिक्षकद्वय गोबिन्द कुमार साह र रबिन्द्र ठाकुर, अनुसन्धान उपरिक्षक टिका पोख्रेल,  उपमहावाणिज्य दुत निरज जैसवाल, वाणिज्य दुत राजेश कुमार र भिके लोसाली लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।


सो अवसरमा कलेजका छात्रछात्राहरुले नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी नृत्य, संगित तथा फैसन डान्सहरु गरेका थिए । कलेजका अध्यक्ष डा. जैनुदिन अंसारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक÷निर्देशक बसरुदिन अंसारीले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, डक्टर, सांसद्, दलका नेताहरु, पत्रकार, कर्मचारी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.