माघ ९ रक्सौल/ भारतको बिहार राज्यमा त्याहाको सरकारले रक्सीको बेचबिखन र उपभोगमा प्रतिवन्ध लगाएको छ । बिहारको नितिश सरकारको यो अभियानलाई नशनमुक्त समाज निर्माणको अभियान भनिएको छ । नशामुक्त समाज निर्माणकालागि बिहार बिशाल मान साङगलो बनाइएको छ ।
जनवरी २१ का दिन राज्यसाङ्ग्लो बनाइएको थियो । जसमा दुई करोड विहारी जनता सहभागी रहेका अनुमान गरिएको छ । शनिवारको मानव शृङ्खला करिब ११ हजार २ सय ९२ किलोमिटर रहेको विहार सरकारले जानकारी गराएको छ । यसैक्रममा रक्सौल आसपासमा पनि मानव साङ्ग्लो बनाइयो । रक्सौल, रामगढवा, सुगौली, मोतीहारी, पटना तथा विहारका हरेक जिल्लाको गाउँगाउँका मुख्य सडकमा मानव साङ्ग्लो बनाइएको थियो ।
मानव शृङ्खलाको समयमा भारतबाट नेपाल तथा नेपालबाट भारत आउजाउ गर्ने सवारी साधनलाई करिब १ घण्टा रोकिएको रक्सौल अनुमण्डलका श्री प्रकाशले बताए । मानव साङ्ग्लो मा राष्ट्रिय जनता दल, जनता दल युनाइटेड, काङ्ग्रेस, भारतीय जनता पार्टीलगायत अन्न पार्टीका नेता तथा कार्यकर्ता, विद्यालयका शिक्षक तथा विद्यार्थी, सामाजिक कार्यकर्ता एवं सर्वसाधारणले भाग लिएका थिए ।
तपाईको प्रतिक्रिया