बीरगंज ७ बैशाख ।
नेपाल रक्त संचार केन्द्र बीरगंजमा आज एक कार्यक्रमका वीच जेनरेटर हस्तातन्त्ररण गरिएको छ । बीरगंजका उधोगी एवं फोरम नेपालका नेता बिजय सरावगीको नेतृत्वमा ७ लाख रुपैयाको लागतमा खरिद गरिएको जेनरेटर आज रक्त संचार केँद्रलाई हस्तान्तरण गरिएको हो । नेपाल रक्त संचार केन्द्रले आज बाटै रगतको बर्गिकरणको काम पनि शुरु गरेको छ । अवका दिनमा बिरामीलाई जुन रथत जती मात्रामा चाहिने हो त्यती मात्रामा दिन सकिने अवस्थामा रक्तसंचार केन्द्रको भौतिक पूर्वाधार बिकास गरिएको केन्द्रका प्रमुख प्रविण मान्नधरले जानकारी दिए । रगतको बर्गिकरण सेवाले अव डेंगुका बिरामीलाई बीरगंजमै पनि रगत चढाउन सकिने अवस्था आएको उन भनाई छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष फूल महम्मद मियाको अध्यक्षतामा भएको कार्यक्रममा बिजय सरावगीले दाताहरुको बारेमा जानकारी गराएका थिए । रक्त संचार केन्द्रको तर्फबाट दाताहरुलाई फूल माला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जेनेरेटरको स्वीच अन गरेपछि कार्यक्रमको समापन भउको थियो । मधु राणाले स्वागत गरेको कार्यक्रममा सीमा सुरक्षा बल चीनीमीलका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र ठाकुर ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, डा.चितरन्जन साह लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया