logo

गोप्य कोठामा जनस्वास्थ्यले मनायो विश्व स्वास्थ्य दिवस

      4/7/2017 गते 00 00 मा प्रकाशित     1858   पटक पढिएको

 

वीरगंज, २५ चैत । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले विश्व स्वास्थ्य दिवस शुक्रवार गोप्य कोठामा मनाएको छ । सो दिवसको अवसरमा नारायणी उपक्षेत्रीय अस्पतालमा आयोजित कार्यक्रममा जनस्वास्थ्य कार्यालयका केही अधिकृत तथा नाउक्षे अस्पतालका कर्मचारीहरू मात्र सहभागी थिए । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले सो दिवस सार्वजनिक ठाउँमा नमनाइ गोप्य कोठामा मनाएकोले सोको लागि आएको बजेट अनियमितता गरेको स्रोतले जनाएको छ ।

 

यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत अमलेश्वर मिश्रासँग बुझ्दा उनले पर्याप्त बजेटको अभावमा सो दिवस सार्वजनिक स्थानमा नमनाएको प्रतिक्रिया दिए । आएको बजेट कार्यपत्र प्रस्तुत गर्ने चिकित्सक तथा खाजा, ब्यानरमा खर्च भएको मिश्राले बताए । निमित्त कार्यालय प्रमुख सचिदानन्द सिंहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एवं नाउक्षे अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजदेव कुशवाहा, डा. भरत गोइत, डा. अनामिका सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । विश्व स्वास्थ्य सङ्गठनले यो वर्ष ‘उदासीनतालाई खुलेर कुरा गरौं’ मूल नारासहित विश्वभरि विश्व स्वास्थ्य दिवस मनाउन आह्वान गरेको छ ।

 

विश्व स्वास्थ्य सङ्गठनका विश्वव्यापी शाखाहरू र विश्वका सबै देशका सरकारले अप्रिल ७ तारिखको दिनलाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाउँदै आइरहेका छन् । आजकै दिन विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएकोले सो दिवस विश्वभरि मनाउने गरिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.