logo

झाडापखालाबाट बालिकाको मृत्यु, दस बिरामी

      5/9/2017 गते 00 00 मा प्रकाशित     1405   पटक पढिएको

लहान, २६ वैशाख । सिरहाको बरियारपट्टी गाँउपालिका–१ कचनारीस्थित मुसहर बस्तीमा विगत केही दिनदेखि फैलिएको झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ भने अन्य १० जना बिरामी भएका छन् ।


झाडापखालाका कारण स्थानीय रामउद्गर सदायकी १० वर्षीया छोरी कविता सदायको गएराति मृत्यु भएको हो ।


गाउँमा फैलिएको झाडापखालाका कारण स्थानीय ६० वर्षीया सदामादेवी साह, २२ वर्षीया कविता सदाय, ४० वर्षीया ललिता देवी सदाय, ७० वर्षीया रेश्मा सदाय, राजेन्द्र सदायकी पाँच वर्षीया छोरी सुनिता सदाय, रमेश सदायकी चार वर्षीया छोरी राधिका सदाय, १८ वर्षीया उषा सदाय, ४० वर्षीया भुल्लु सदाय, श्रीप्रसाद सदायकी छ वर्षीया छोरी मधु सदाय र ७० वर्षीय विवेकान्त वैरागी बिरामी परेको स्थानीयले बताएका छन् ।


बिरामीमध्ये सदामादेवी साहको धनगढीस्थित श्रमजीवी अस्पतालमा र कविता सदायको भारतको लदियानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बरियारपट्टीले जनाएको छ ।


यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले झाडापखाला फैलिएको सूचना पाएलगत्तै औषधिसहितको स्वास्थ्यकर्मी टोली घटनास्थल पठाइएको जानकारी दिनुभयो । मुसहर बस्तीमा के कति कारणले झाडापखाला फैलिएको हो सो बारेमा हालसम्म केही खुल्न नसकेको प्रमुख डा दासको कथन छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.