logo

धोवीनीमा ६ सय सर्वसाधारणको स्वास्थ्य परिक्षण 

      5/21/2017 गते 00 00 मा प्रकाशित     2363   पटक पढिएको

वीरगंज ७ बैशाख ।श्री नृसिंह फोर्स क्लब वीरगंज–१७ पिपराको आयोजनामा आइतवार  धोवीनी गाउंपालिकाको  धोवीनीमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष बिनेश पटेलको सभापतित्वमा सम्पन्न शिविरमा हाडजोर्नी तथा नशा रोग, मुटु, पेट, छाती तथा मधुमेह, प्रसुती तथा स्त्री रोग, नवजात शिशु तथा बालरोग, आ“खा, कान, नाक, घाँटी तथा छाला रोगको निःशुल्क परिक्षण गरिएको थियो । शिविरमा लंगडी, हरिहरपुर, आसवारी, गुलरीया, भिखमपुर लगायत गाउंबाट ६सय ५० भन्दा बढि सर्वसाधारणको स्वास्थ्य परिक्षण भएको थियो । 
शिविरमा जेनरल फिजिसियन डा. एम.डि. राजा, डा. बिनय कुमार साह, डा. आदित्य तिवारी, डा. अभिनेस सिंह, फिजियोथेरापी  कुन्दन कुमार, सामान्य चिकित्सक महम्मद इमाम हुसैन, करण पटेल, अफताब हवारी लगायतका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए । सो शिविरमा स्थानिय एजाद अंसारी, मनिर अंसारी, असरफ आलम, मन्टु साह, आलियास अंसारी, रोशन अंसारी, खुर्सेद हवारी, जितेन्द्र साह, उपेन्द्र साह लगायतकाले स्वयंसेविकाको भुमिका निर्वाह गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.