बीरगंज २० बैशाख ।
बीरगंज उपमहानगरपालिका कार्यालयले उपमहानगरको पाँच वटा वडामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बीरगंज उपमहानगरपालिकाको साविकको वडा नं १५ मुर्लीमा निमित्त कार्याकारी आधिकृत प्रकाशमान अमात्यले शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बीरगंज उपमहानगरपालिकाका अधिकृत सुनिल कर्ण लगायतको सहभागिता रहेको थियो । समाज बिकास समन्वय समितिको ब्यवस्थापनमा आयोजना गरिएको शिविरमा साविकको वडा नं १४ मा ६८ जना १५ मा ७६ जना १९ मा ८५ जना २६ मा १ सय ७० जना र २७ मा ९१ जनाको स्वास्थ्य परिक्षण भएको समाजिक बिकास महाशाखाका मुकेश गुप्ताले जानकारी दिनु भयो । स्वास्थ्य परिक्षणकालागि हरेक वडामा एक जना चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको थियो । शिविरमा डा.निलम चौरसिया,सलमा बानो,चाँदनी पाण्डे जिन्नत नेशा र डा. नागमणीले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । शिविरमा स्वास्थ्य परिक्षण पछि निशुल्क रुपमा औषधी पनि बितरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया