logo

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा आँखा शिविरको आयोजना

      7/7/2017 गते 00 00 मा प्रकाशित     1580   पटक पढिएको

वीरगंज / असार २३ 

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना तथा केडिया आँखा अस्पताल वीरगंजको प्राविधिक सहयोगमा आज सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजमा आँखा शिविर सम्पन्न भएको छ । केडिया आँखा अस्पताल वीरगंजबाट आएका सुदर्शन काफले, अम्बिका साह, राकेश गिरि लगायतका आँखा रोग विशेषज्ञहरुले सेस्मी ईन्टरनेशनल स्कुलमा अध्ययनरत ३७४ विद्यार्थीहरुको आँखा चेकजाँच गरेका थिए । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप आज आँखा शिविरको आयोजना गरिएको लायन्स क्लबकी जोन चेयरपर्सन लायन रेखा वैद्यले बताउनु भयो, वहाँले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुले निरन्तरता पाउने कुरामा समेत जोड दिनु भयो । शिविरमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, प्रेस युनियन पर्साका कोषाध्यक्ष राम कुशवाहा, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी प्रथम उपाध्यक्ष गुड्डी जोशी, सचिव मौसम भांगर, कोषाध्यक्ष सपना मित्तल, सदस्य सृजना ढकाल, लायन्स क्लबका अन्य सदस्यहरु लगायत विद्यालयका शिक्षक, शिक्षिकाहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रम संचालिका लायन आश्मा सिंह यादवले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.